‘मृत’ लेनिनले जिते मेयरको चुनाव

मेक्सिको अदालतले २०१० मा मृत्यु भएको स्वीकार गरेका एक व्यक्ति मेयरमा निर्वाचित भएका छन् । अधिकारीहरुका अनुसार कानून र प्रशासनलाई चक्मा दिने लेनिन आगस्टिन हुन् । लेनिन अमातेंगो शहरको मेयरको चुनाव जितेका हुन् । चुनाव प्रचारका क्रममा लेनिनले आफ्नो पेस्टरमा लेखेका थिए-’विकासका लागि प्रयासरत ।’
lenin_carballidoप्रहरीका अनुसार २०१० मा लेलिननविरुद्ध सामूहिक बलात्कारको मुद्दा चलिरहेको थियो । तर, परिवारले उनको मृत्यु भएको प्रमाण पत्र पेश गरेका थिए । अब उनको मृत्युको प्रमाणपत्र नक्कली भएकोबारे छानविन सुरु भएको छ ।
लेनिनको पार्टी डेमोक्रेटिक रेभोल्यूशन पार्टीले भनेको छ-’यी उम्मेदवारले पार्टीलाई बेवकूफ बनाएको छ र अब उनलाई मेयर पदमा काम गर्ने अनुमति दिइने छैन ।’ उनले उम्मेदवार बन्ने समयमा पेश गरेको कागज पत्रमा उनी अपराधिक क्रियाकलापमा संलन भएको कुनै कागज थिएन र कुनै अपराधिक क्रियाकलापमा संलग्न नभएको सँगै आफ्नो जन्म प्रमाण पेश गरेका थियो । उक्त पार्टीका एक अधिकारीले भनेका छन्-’लेनिनले अदालतलाई धोका दिए । रेकर्ड कार्यालयलाई बेवकूफ बनाए र चुनाव अधिकारीलाई अध्यारोमा राखे ।’
स्थानीय सञ्चार माध्यमहरुका अनुसार लेनिनको मत्यु प्रमाण पत्रमा उनको मृत्यु कोमामा गएपछि प्रकृतिक कारणले भएको उल्लेख छ । जसमा डाक्टरको हस्ताक्षर समेत छ र यसलाई स्थानीय रेकर्ड अफिसरले जारी गरेका छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.