अखिल क्रान्तिकारीको बाबुरामलाई ३ बुँदे ज्ञापनपत्र

३१ असार, काठमाण्डौ । एकीकृत माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले उपाध्यक्ष पद त्याग घोषणा फिर्ता लिन माग गर्दै डाक्टर बाबुराम भट्ट्राईलाई ३ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
baburam bhattarai
सोमबार भट्टराईका निवास सानेपा पुगेर बुझाइएको ज्ञापन पत्रमा भट्टराईको पदत्याग घोषणाले कार्यकर्तालाई निरास तथा विरोधीलाई खुसी पारेको उल्लेख छ । पदबारे निर्णय गर्ने अधिकार पार्टीलाई दिन र विस्तारित बैठक अघि नै फिर्ता लिएर कार्यकर्तालाई उत्साहित पार्न माग गरिएको छ ।
ज्ञापन पत्र बुझेपछि भट्टराईले विस्तारित बैठकले समग्र पार्टीको सांगठनिक कार्यदिशा तय गर्ने बताउनु भयो । ‘म पदमा हरने नरहने भोलिको कुरा भयो । तर, राजनीतिमा भने सक्रिय हुन्छु’ भट्टराईको भनाई उदृत गर्दै क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझीले   भन्नुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.