श्रीमती छाडेर डल्फिनसँग सम्भोग
के मानिस र मानिस जत्तिकै बुद्धि भएको भनिने डल्फिनबीच शारीरिक सम्बन्ध हुन सक्छ ? सबैको उत्तर हुनसक्छ किन यो सम्भवै छैन । तर सम्भव हुँदोरहेछ । चाहे यसलाई पागलपना भन्नुस् वा मानिसको मनोरोज भन्नुस् तर एक व्यक्तिले भने आफुले डल्फिनसँग रोमान्स गरेको आफै खुलासा गरेका छन् ।
यस्तो अनौठो सम्बन्धको आफै खुलासा गर्ने व्यक्ति अमेरिकाका मेलकम जे ब्रेनर हुन् । उनले आफ्नो एक पुस्तक वेड गडेसमा यस्तो खुलासा गरेका हुन् । उनले यो पुस्तकमा आफ्नो डल्फिनसँगको इमोशनल तथा आत्मीय सम्बन्धका विषयमा प्रकाश पारेका छन् ।
अहिले ६० वर्ष उमेर पुगेका ब्रेनरले डल्फिनसँग आफ्नो लगातार ९ महिनासम्म यौन सम्बन्ध रहेको भन्दै भेनका छन्, ‘डल्पिmन र म दुबैले एक अर्कालाई निकै मन पराउँथ्यौँ ।’
उक्त डली ब्याक नामकी डल्फिनसँग आफ्नो लभ अफेयर १९७० मा सुरु भएको भन्दै उनले आफु २० वर्षको छँदा डल्फिनसँगको आफ्नो रोमान्स चरमोत्कर्षमा पुगेको बताएका छन् । उनका अनुसार डल्पिmन पनि उनीसँग सम्भोगका लागि निकै उत्साहित हुन्थी । फ्लोरिडाको ओशिनएरियम थिमपार्कमा गएर ब्रेनरले उक्त डल्पिmनसँग सेक्स गर्थे ।
डल्पिmन र आफु बिचको सम्भोगका विषयमा सबै खुलस्त पार्दै ब्रेनरले सम्भोगका बेला डलीले आफ्नो मुख उनको काँधमा राख्ने र फि्लपरले सुम्सुम्याउने अनि दुबैले एक अर्काको आँखामा आँखा जुधाएर सम्भोग गर्ने गरेको उनको दाबी छ ।
फोटोग्राफर तथा लेखक समेत रहेका ब्रेनरका अनुसार अर्को डल्फिनसँग लडाइँ पर्दा घाइते भएर डलीको निधन भयो ।
रोचक कुरा त के भने ब्रेनरका दुइ जना श्रीमती समेत थिए । उनीहरु दुबै जनालाई ब्रेनरको डल्फिनसँग रोमान्स रहेको कुरा थाहा थियो । तर उनीहरुले मुख खोलेनन् । अझ रोचक कुरा त के भने ब्रेनरकी जेठी श्रीमतीबाट जन्मिएकी छोरीले नै ब्रेनरको यो डल्फिन सम्भोग सम्बन्धि पुस्तकको कभर डिजाइन गरेकी हुन् ।

0 comments
Write Down Your Responses