हिट हुन हट हुनुपर्ने !
गीत राम्रो गाउनु गायिकाका लागि अनिवार्य कुरा भइहाल्यो। राम्रो स्वर भएका गायिका जति हिट भए पनि स्टुडियोमै सीमित हुन्छन्। यो बेलै त्यस्तै छ कि 'कमाइधमाइ पनि अलि अलि गरौँ' भन्नेका लागि यतिले सन्तुष्टि मिल्दैन। स्टेज कार्यक्रममा माग बढाउन पहिरन छोट्याउनुपर्ने बाध्यता नेपाली गायिकालाई पनि आइलाग्न थालेको छ।
अघिल्लो वर्ष 'हेरेको हेरेकै' बोलको गीतबाट संगीत बजारमा राम्रै उपस्थिति जनाएकी साहिमा श्रेष्ठलाई पनि यो बाध्यता आइलागेछ क्यारे! त्यसैले दोस्रो एल्बममा रातो पहिरनमा हट दृश्यसहित आफैँले अभिनय गरेकी छिन्। उनले 'मस्ती' एल्बमको शीर्ष गीत 'मस्ती मस्ती'मा अभिनेता जीवन लुइँटेलसँग मस्ती गरिरहेको भिडियो बनाएकी छिन्। रेखा पौडेलले शब्द र संगीत गरेको गीतमा साहिमाको हट अवतारले उनले चाहेजस्तो 'हिट' गराउला?
भिडियोको लागी तल क्लिक गर्नुहोला अघिल्लो वर्ष 'हेरेको हेरेकै' बोलको गीतबाट संगीत बजारमा राम्रै उपस्थिति जनाएकी साहिमा श्रेष्ठलाई पनि यो बाध्यता आइलागेछ क्यारे! त्यसैले दोस्रो एल्बममा रातो पहिरनमा हट दृश्यसहित आफैँले अभिनय गरेकी छिन्। उनले 'मस्ती' एल्बमको शीर्ष गीत 'मस्ती मस्ती'मा अभिनेता जीवन लुइँटेलसँग मस्ती गरिरहेको भिडियो बनाएकी छिन्। रेखा पौडेलले शब्द र संगीत गरेको गीतमा साहिमाको हट अवतारले उनले चाहेजस्तो 'हिट' गराउला?
0 comments
Write Down Your Responses