एम्बुलेन्सबाट डेढ सय केजी गाँजा बरामद

१ साउन, हेटौंडा । बा ५ च ५१९१ नम्बरको एम्बुलेन्सले अवैध गाँजा १५३ केजी मकवानपुरको मनहरिबाट वीरगन्जतर्फ जाँदै गर्दा मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाइमा प्रहरीले बरामद गरेको छ ।
काठमाडौँको चुच्चेपाटीस्थित ग्रेस अस्पतालको नाममा दर्ता रहेको एम्बुलेन्स शङ्कास्पद अवस्थामा मनहरि आइपुगेर गाँजा व्यापारीसँग मिलेमतो गरी वीरगन्जतर्फ लैजाने क्रममा चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गाँजाको ओसारपोसारमा संलग्न एम्बुलेन्सका चालक सिन्धुपाल्चोक घर भई हाल काठमाडौं कपन बस्ने वर्ष २८ का रामचन्द्र भण्डारीलाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले बताउनुभयो । एम्बुलेन्स चितवनको नारायगढहुँदै मनहरि आइपुगेको प्रहरीले जनाएको छ । प्रहरीले गाँजाका व्यापारी को थिए भनेर एम्बुलेन्स चालकसँग सोधपुछ र अन्य बयान लिइरहेको प्रहरी अनुसन्धान शाखाले जनाएको छ । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.