चुनावमा ५० प्रतिशत उम्मेदवार युवालाई उठाउँछौ : सापकोटा

९ असोज, काठमाण्डौ । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले यूवा बाहुल्य रहेकोले पार्टी भएकोले यस पटकको निर्वाचनमा ५० प्रतिशत युवाहरुले उमेदवारी पाउने दावी गर्नु भएको छ । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षत्कारमा सापकोटाले आगामि तीन दिनभित्र पार्टीले प्रत्यक्ष र पाँच दिनभित्रमा समानुपातिक तर्फको उमेदवार सार्वजनिक गर्ने जानकारी दिनुभयो । उहाँले पार्टीको घोषणापत्र निर्माण पनि अन्तिम चरणमा पुगेकोले पाँच दिन भित्रमा घोषणा पनि केन्द्रीय कार्यालयको बैठक बसेर सार्वजनिक गर्ने बताउनुभयो । सापकोटाले समानुपातिक समावेसीता भएको नेपाली विशेषता सहितको नयाँ मौलिक लोकतान्त्रिक ब्यवस्था र समाजिक न्याय सहितको आर्थिक विकासको एजेण्डलाई घोषणापत्रले विशेष जोड दिने जानकारी दिनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले पनि पार्टीले यूवाहरुको जनसंख्याको आधारमा ५० प्रतिसत भन्दा बढी यूवालाई संविधानसभाको निर्वाचनमा उमेदवार बनाउने बताउनुभयो । पार्टीले घोषणा पत्र र उमेदवार छनौटको तयारी दु्रत गतिमा गरिरहेकोले आगामि पाँच दिन भित्र दुबै सार्वजनिक हुने दावी गदर्ैै आगामि निर्वाचनबाट नेपाली काग्रेस २०४८ सालको निर्वाचनकै शक्तिको रुपमा उदाउने बताउनुभयो । नेकपा एमालेका केन्द्रीय सदस्य योगेश भट्टराईले एमालेले १८ वर्ष देखि ४० वर्षसम्मका मतदाताको संख्याको आधारमा यूवाहरुलाई उमेदवार बनाउने जानकारी दिनुभयो । अघिल्लो संविधानसभाको निर्वाचनमा शिर्ष नेताहरु पराजित हुँदाच संविधानसभा असफल भएको दावी गर्दै यस पटकको निर्वाचनमा शिर्ष नेताहरुलाई संविधानसभामा ल्याएर सबै निर्णय गर्न सक्ने थलो बनाउन एमाले चुनावी तालमेलको लागि तयार रहेको स्पष्ट पार्नु भयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.