बाइकका शौखिनलाई रोयल इन्फिल्डको ‘थन्डरबर्ड’

१३ साउन, काठमाडौं । पछिल्लो समय हेभी बाइकमा नेपाली यूवाहरुको आकर्षण बढ्दै जान थालेको छ । हेभी बाइकमा नेपाली यूवाको आकर्षण बढ्दै जान थालेपछि कम्पनीहरुले यस्ता बाइकहरु भित्राउन प्रतिस्पर्धामा उत्रिएका छन् । यहि क्रममा रोयल इन्फिल्डको ५ सय सीसीको शक्तिशाली बाइक ‘थन्डरबर्ड’ नेपाली बजारमा भित्रिएको छ । ‘थन्डरबर्ड’ को मूल्य ६ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

रोयल इन्फिल्डको नेपालका लागि आधिकारी बिक्रेता दुगड बद्रर्स एन्ड सन्सले युवापुस्तालाई लक्षित गरेर नयाँ बाइक नेपालमा ल्याएको जनाएको छ । लामो दूरीका लागि उत्तम रहेको उक्त बाइक हेर्दा निकै आकर्षक रहेको छ । बाइक चलाउँदा स्टाइलिस्ट देखिने हुँदा शौखिन उपभोक्तलाई उक्त बाइक उत्तम रहेको कम्पनीको बताएको छ । नेपाली बजारमा उक्त बाइक कालो रङमा उपलब्ध रहेको छ ।

सुविधाहरु

‘थन्डरबर्ड’ बाइक फोर स्ट्रोक हो । बाइकमा ५ थियर, २० लिटर क्षमताको ट्याङ्की रहेको छ । त्यस्तै, बाइकको अधिकतम शक्ति २७.२ विएचपी रहेको छ भने अधिकतम टर्क ४१.३ एनएम रहेको छ । मोटरसाइकलको ग्राउन्डबेस १३ सय ५० एमएम, ग्राउन्ड क्लियरेन्स १ सय ४० एमएम, लम्बाई २०६० मिटर रहेको छ । उचाई १ हजार २ सय ५ एमएम रहेको छ ।

त्यसो त रोयल इन्पिmल्डका बाइकहरु यूवाहरुले खुब मन पराउँदै आएका छन् । नयाँ बाइक पनि यूवाको नजरमा पर्ने कम्पनीले विश्वास लिएको छ ।

त्यसैगरि, कम्पनीले ३५० सीसीको ‘थन्डरबर्ड’ बाइक पनि बजारमा ल्याएको छ । यसको नेपाली बजारमा ५ लाख ६० हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । दूबै मोडलमा उच्च प्रविधि प्रयोग गरिएको कम्पनीको दाबि रहेको छ । यी बाइकले होण्डा, यामाहा, सुजुकी लगाएतका कम्पनीका बाइकहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.