मृत्यु भएको १२ वर्षपछि सरुवा !
३१ असार, जाजरकोट । कृषि विभागले १२ वर्षअघि मृत्यु भइसकेका एक कर्मचारीको जाजरकोट सरुवा गरेको छ । विभागले द्वन्द्वकालमा मृत्यु भएका नायब प्राविधिक सहायक कृष्णमुरारी घिमिरेको कृषि विकास कार्यालयमा सरुवा गरेको हो ।
चितवन घर भएका घिमिरेको २०५८ मा मृत्यु भइसकेको जानकारी हुँदाहुँदै पनि विभागले अर्घाखाँचीवाट जाजरकोट सरुवा गरेको पत्र पठाइएको बरिष्ठ कृषि विकास अधिकृत यामनारायण देवकोटाले वताउनु भयो । आजको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
सरुवा पत्रअनुसार कार्यालयको अभिलेखमा कर्मचारी देखिन्छ तर कामकानमा भने बाधा पुग्दै आएको देवकोटाले वताउनुभयो ।

0 comments
Write Down Your Responses