डन गणेश लामाले अदालतको म्याद गुजारे, अब नियमित प्रक्रिया अघि बढ्ने

३१ असार, काठमाडौं । डन गणेश लामाले सम्पत्ति शुद्धीकरण मुद्दामा आदालतले तामेल गरेको म्याद गुजारेका छन् । फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य समेत लामाले जेठ ३० गते काठमाडौं जिल्ला अदालतमार्फत म्याद बुझेका थिए ।

म्याद गुजारेपछि अब लामाको मुद्दालाई विशेष अदालतले नियमित प्रक्रिया अघि बढाउनेछ । १५ दिने वारेन्ट म्याद बुझेका उनले कानुनी व्यवस्थाअनुसार थप १५ दिन म्याद थाम्न पाउने व्यवस्था छ । तर, उनले यो म्याद पनि गुजारेका छन् । असार १४ मा उनको नियमित म्याद सकिएको थियो ।

थमिएको म्याद भने आइतबार सकिएको छ । मुद्दा प्रक्रियामा रहेका बेला अदालतमा उपस्थित भएर बयान गर्न अपील गरेका भने उनको बयान हुन सक्ने विकल्प बाँकी रहेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.