रोल्पा — आठ जना सरकारी कर्मचारी जुवा खेल्दै गर्दा रंगेहात पक्राउ परेका छन्। सदरमुकाम लिवाङ–६ स्थित जुवामाङ सिङ वलीको घरमा जुवा खेल्दै गरेको बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। राती करिब १२ बजेतिर प्रहरीको गस्ती टोलीले उनीहरुलाई जुवा खेलिरहेको स्थानबाट पक्राउ गरेको पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक ओमबहादुर रानामगरले नागरिकन्युजलाई बताए। कर्मचारीको जुवा खालबाट २५ हजार रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा जिल्ला विकास समिति, जिल्ला हुलाक कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, जिल्ला वन कार्यालय, जनता बैंक लिमिटेड रोल्पा र गाविसका सचिवहरु रहेको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ पर्नेहरुको नाम भने सार्वजनिक गरेको छैन्। पक्राउ परेकालाई अब जुवा नखेल्ने शर्तमा तारिखमा छोडिएको प्रनाउ रानामगरले जानकारी दिए। 'उनीहरुबाट बरामद गरिएको रकम जिल्लामा रहेका अन्ध, अपाङ्गहरुको कोषमा राख्ने कि भन्ने छलफल भइरहेको छ', प्रहरी नायव उपरीक्षक रानामगरले भने।
८ जना कर्मचारी जुवा खालबाट पक्राउ
Powered by Blogger.
0 comments
Write Down Your Responses