आइतबार सुनको भाउ २ सय रुपैयाँ घट्यो
६ साउन, काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य २ सय रुपैयाँ घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाला सुनको मूल्य तोलाको ५१ हजार २ सय रुपैयाँ तोकेको छ । शुक्रबार छापावाला सुन तोलामा साढे ५ सय रुपैयाँ बढेर ५१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरि, तेजाबी सुनको मूल्य पनि आइतबार तोलामा २ सय रुपैयाँ घटेर ५० हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन ५१ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि आइतबार तोलामा ५ रुपैयाँ घटेर ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
0 comments
Write Down Your Responses