लेबनानमा छ लाख २५ हजार सिरियाली शरणार्थी
६ साउन, बेरुत । सिरियामा जारी द्वन्द्वका कारण लेबनानमा ६ लाख पच्चीसहजार भन्दा बढी सिरियाली शरणार्थी रहेको संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकायले आइतबार जनाएको छ ।
उक्त निकायका अनुसार पाँच लाख ३० हजार शरणार्थीले आफ्ना नाम लेबनानी शरणार्थीमा दर्ता गराईसकेका छन् । अझै पनि ९५ हजार शरणार्थी लेबनान जानको लागि नाम दर्ता गर्ने पर्खाइमा रहेका जनाइएको छ ।
लेबनानले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय दाता संस्थाहरूलाई सिरियाली शरणार्थीको सहयोगका लागि आहृवान गरेको छ । यस वर्षको अन्त्यसम्म सो शरणार्थीहरुको सङख्या बढेर दशलाख पुग्ने अनुमान गरिएको उक्त निकायले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सिरियामा यस वर्ष मारिएका नागरिकमा प्रति महिना कम्तीमा पनि पाँच हजार जना मारिएको पाइएको छ ।
सिरियामा २६ महिनाभन्दा लामो समयदेखि यो आन्दोलन जारी रहेको छ । राष्ट्रपति बसार अल असादको राजिनामाको माग गरी सुरु भएको शान्तिपूर्ण जनआन्दोलन वर्षदिनभन्दा पहिलादेखि भने गृहयुद्दमा परिणत भइसकेको थियो । सिरियाली सरकारले सिरियामा आन्दोरत लडाकू समूहलाई आतङ्ककारी भन्ने गरेका छन् । सिरियामा सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति असादको राजिनामा मागगरी आन्दोलन सुरु भएको हो । रासस/ सिन्हृवा/ एएफपी

0 comments
Write Down Your Responses