उद्घाटन खेलमा नेपाल र बंगलादेश भिड्दै

१५ भदौ, काठमाडौं । साफ च्याम्पियन्ससिप फुटबल आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा नेपाल र बंगलादेश भिड्नेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजेपछि हुने खेलमा नेपाल बंगलादेशमाथि जित हात पार्दै विजयी सुरुवात गर्ने प्रयासमा हुनेछ । अहिलेसम्म भएको १५ भेटमा नेपालले ४ खेल मात्र जितेको छ भने १० खेल बंगलादेशको पक्षमा गएको थियो । एक खेल बराबरीमा सकिएको थियो । पछिल्लो पटक एएफसी च्यालेन्जकपमा भएको भेटमा नेपालले २–० को हार व्यहारेको थियो । नेपालले घरेलु मैदानमा भएको साफमा उपाधि जित्ने लक्ष्य लिएको छ । नेपाल भारत, पाकिस्तान र बंगलादेशसहितको समूह ए मा छ । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.