फेसबुके तरुनीले बिहे भाँडे

साउदी अरेबियाकी एक युवतीले आफ्नो हुनलाई ठीक्क परेको विवाह भंग गरिन् । इनगेजमेन्टको तयारीमा रहेकी उनले यस्तो एकाएक त्यो केटासँग इन्गेजमेन्ट नगर्ने निधो गरिन् । उनले यसो गर्नुको कारण जान्न चाहनुहुन्छ ? निकै रोचक कारण पो छ त । वास्तवमा उनले आफ्नो हुनै लागेको बिहे भंग गर्नुको कारण फेसबुक हो । अझ फेसबुकका केटीहरु हुन् ।
गल्फ न्युजका अनुसार आफ्नो हुनेवाला लोग्नेको फेसबुक, टि्वटर तथा इन्स्ट्राग्राम लगायतका सोसल नेटवर्कमा धेरै केटी साथी रहेको भन्दै ती युवतीले त्यो युवकसँग सम्बन्ध नगाँस्ने निधो गरिन् । उनको हुनेवाला लोग्नेको सोसल नेटवर्क तथा माइक्रोब्लगका अधिकांस साथी तथा फलोअर्सहरु युवती तथा महिलाहरु रहेको पत्तो पाएपछि ती युवती यस्तो कठोर तथा बहुलट्ठीपूर्ण निष्कर्षमा पुगिन् । उनले दुइ हप्तासम्म त्यो युवकको टि्वटर अकाउण्टका टि्वट्स, फेसबुकका तस्वीर तथा स्टाटस तथा इन्स्ट्राग्रामका तसवीर समेत अनुगमन गरिन् । त्यस्तो अनुगमनबाट उनले के पाइन् भने त्यो युवकको सोसल साइटमा सबैभन्दा धेरै कमेन्ट गर्ने केटीहरु नै थिए र उसका साथीहरु पनि धेरै केटी नै थिए । त्यस्तो देख्दा ती युवतीलाई त्यो युवक प्रति शंका जाग्यो र ऊ कतै धेरै केटी बटुल्ने मान्छे त होइन भन्ने लाग्यो । त्यसपछि उनले त्यो युवकसँग तय भएको इन्गेजमेन्टको कार्यक्रम एकतर्फी रुपमा रद्द गरेर ऊ सँग बिहे नगर्ने घोषणा गरिन् । उनको यस्तो अनौठो निर्णयलाई कतिपयले अनलाइनमा सह्राना गरेका छन् पनि कतिपयले सनकी भन्दै गाली समेत गरेका छन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.