अख्तियार कार्यालयमै अनुसन्धान अधिकृतलाई धम्क्याएपछि प्रहरीको खोरमा
२२ साउन, काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि बोलाएका एक अभियुक्तले उल्टै धम्क्याएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको छ । अनुसन्धान अधिकृतलाई बयान दिनुको साटो तथानाम गाली गर्दै धम्की दिएपछि विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई प्रहरी हिरासतमा पठाइएको हो । बयानका लागि बोलाइएका शर्माले विभिन्न आपराधिक समूहसँग जोडेर अनुसन्धानमा प्रभाव पार्ने गरी अख्तियारका अनुसन्धान अधिकृतहरूलाई कार्यकक्षमै धम्क्याएका थिए ।
उनले बयान दिन नै आनाकानी गरी धम्क्याउन थालेपछि प्रहरीको जिम्मा लगाइएको अख्तियारले जनाएको छ । काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा गैरकानुनी रूपमा कलेज सञ्चालन गरेको भन्ने विषयमा आयोगले अनुसन्धानका लागि आइतबार बिहान ११ बजे बोलाइएका शर्मा अपराह्न २ बजे मात्रै हाजिर भएका थिए । सोमबार पनि ११ बजे नै बोलाउँदा उनी ढिलो गरी २ बजे अख्तियार पुगेको राजधानी दैनिकमा खबर छ ।
आयोगका अनुसन्धान अधिकृतले तपाईंलाई दिएको समयभन्दा निकै ढिलो आउनुभयो नि ? भन्ने प्रश्नमा उनले आपूm अर्कै काममा रहेको र आयोगले बयान लिए पनि केही गर्न नसक्ने भन्दै ठेगान लगाइदिने धम्की दिएका थिए । उनको सो धम्कीपछि आयोग अधिकारीले प्रहरी बोलाएर उनलाई हिरासतमा पठाएका हुन् । ‘म को हुँ चिनेको छस् ? भन्दै शर्माले एमाओवादीका ठूला सबै नेताको नाम लिएर धम्क्याउन थालेपछि प्रहरी बोलाएर हिरासतमा पठाइएको हो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।

0 comments
Write Down Your Responses