बफादार कर्मचारी ५ प्रतिशत मात्र !

१ भदौ, काठमाण्डौ । सार्वजनिक प्रशासनमा कायृरत राष्ट्रसेवक कर्मचारी कस्तो हुनुपर्ला ? हरेक सेवाग्रहीले चाहेका हुन्छन्, राष्ट्रसेवक कर्मचारी निष्ठावान्, इमानदार, जिम्मेवार, कर्तव्यनिष्ठ तथा बफादार भइदियोस् भन्ने । तर राज्यका सेवा सुविधा प्रभावकारी रुपले जनतामाझ पुर्‍याई उनीहरुस्को सेवा गर्ने सपथ खाएका राष्ट्रसेवक कर्मचारीहरुले सेवाग्राहीको मन जित्न सकेका छैनन् । प्रत्येक नागरिक जन्मनुअघिदेखि मृत्यु पर्यन्तसम्मका क्रियाकलापको रेखदेख गर्ने, हेरविचार गर्ने र दिशा निर्देश गर्ने प्रशासन सञ्चालन गर्ने जिम्मेवारी पाएका निजामती कर्मचारीहरुको ठूलो हिस्सा जनाताको सेवा प्रवाहमा नभई आफ्नो स्वार्थ पूर्तीमा तल्लीन हेको अध्ययनले देखाएको छ । एक अध्ययनअनुसार नेपाली निजामती सेवाका ९५ प्रतिशत कर्मचारी अझैपनि सेवाग्रहीको मन जित्न सकेका छैनन् । उनीहरु कार्यालयको काम र सेवाग्राहीको सवैभन्दा आफ्नै सुविधा र फाइदामा ध्यान दिन्छन् । जसले गर्दा प्रशासन चुस्त र प्रभावकारी हुनेछैन । नेपाल निजामती कर्मचारी संगठनले ७५ वटै जिल्लाका सरकारी कार्यालयमा काम गर्ने कार्यालय सहायकदेखि उपसचिवसम्मका कर्मचारीहरुवीच गरेको एक सर्वेक्षणले ५ प्रतिशत कर्मचारी मात्र आफ्नो पेसाप्रति इमान्दार र निष्ठाबान् भएर लागि परेको देखाएको छ । उनीहरुले सरकारी सेवालई आफ्नो प्रतिष्ठाको रुपमा हेर्छन् र पेसाप्रति बफादार रहन्छन् । नेपालको निजामती सेवामा कार्यरत ७९ हजार ८ सय ५१ कर्मचारीमध्ये ३० प्रतिशत कर्मचारी बैकल्पिक पेसा छ । उनीहरुले सरकारी जागिरलाई पार्टटाइमको रुपमा लिन्छन् र अरु समय आय आर्जनका अन्य व्यक्तिगत काममा लगाउने गरेको अध्ययनले देखाएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छ । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.