चक्रेलाई अस्पताल लग्दा चलखेल

१ भदौ, काठमाण्डौ । केन्द्रीय कारागारमा जेल भुक्तान गर्दै आएका डन चक्रे मिलन (मिलन गुरुङ) लाई शिक्षण अस्पताल पठाउन कारागार प्रशासनले नियम मिचेर चलखेल गरेको अनुसन्धानवाट खुलेको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयले गरेको छानविनमा जेल प्रशासनको कमजोरी भेटिएपछि दोषी प्रहरीलाई कारबाहीको सिफारिस गरिएको छ । जेलका कैदीलाई वीर अस्पताल लैजाने गरिएको भएपनि चक्रेलाई भने उनकै इच्छा अनुसार शिक्षण अस्पताल पठाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । शिक्षण अस्पताल चक्रेकै क्षेत्र भएकाले उनी त्यहाँ गएको प्रतिवेदनमा लेखिएको छ । चक्रेले जेलमै बाहिरबाट साथीहरु बोलाएर जन्मदिनको पार्टी दिएको तथा प्रहरी अधिकारीले फोटो खिचेको घटनाको सम्बन्धमा गठन गरिएको छानबिन समितिले जेलाका सुरक्षा प्रमुख डिएसपी रमेश खड्काको समेत अनुगमनको कमजोरी रहेको औँल्याएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख विजयलाल कायस्थ संयोजकत्वको छानविन समितिले अन्य ६ प्रहरीलाई भने विभागीय कारबाहीको सिफारिस गरेको छ । समितिमा महाशाखाकै एसपी हरि पाल र आयुक्त कार्यालयका एसपी लोकेन्द्र मल्ल सदस्य थिए । सो समितिले केहीदिनअघि महानगरीय प्रहरी आयुक्त एआइजी नवराज ढकाललाई प्रतिवेदन बुझाएको छ । आजको नयाँपत्रिका दैनिकले समाचार छापेको छ । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.