सुनको भाउ पुनः ५३ हजार नेटो काट्यो
२० साउन, काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ एक हजार २ सय ५० रुपैयाँ बढेको छ । एकैदिन साढे १२ सय रुपैयाँ बढेपछि आइतबार सुनको भाउ पुनः ५३ हजार नेटो काटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाला सुनको भाउ तोलाको ५३ हजार ३ सय रुपैयाँ तोकेको छ । गत बुधबार ५३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार र शुक्रबार गरि १ हजार ८ सय ५० रुपैयाँ घटेको थियो । शुक्रबार छापावाला सुन तोलाको ५२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार तेजाबी सुनको भाउ पनि तोलामा साढे १२ सय रुपैयाँ बढेर ५३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन ५१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि आइतबार २६ रुपैयाँ बढेर ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी शुक्रबार ८ सय १९ रुपैयाँमा कारोबार भएको थियो ।
0 comments
Write Down Your Responses