समाज
»
चितवनका चार गाविस अति गरिबको सूचीमा
चितवनका चार गाविस अति गरिबको सूचीमा
२५ साउन, चितवन । चितवन जिल्लाका चार गाविस अति गरिबको सूचीमा परेका छन् । जिल्ला विकास समिति र युनिसेफले गरेको अध्ययनमा ती गाविसहरु प्रकोपका दृष्टिले पनि अति जोखिममा छन् । गरिबको सूचीमा रहेका गाविसमा लोथर, सिद्धि, कोराक र चण्डिभञ्ज्याङ रहेका छन् । यी चारवटै गाविस जिल्लाको विकट पहाडी क्षेत्र पर्दछन् । सो गाविसमा आदिवासी जनजातिको बसोबास बढी रहेको छ । विशेषगरी ती गाविसमा चेपाङ समुदायको सङ्ख्या उल्लेख्य रहेको जिल्ला विकास समिति चितवनका सूचना अधिकृत बलराम लुइँटेलले जानकारी दिनुभयो । लैङ्गिक विभेद, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार, खाद्यन्नको अभाव, सीमान्तकृत समुदायको पहुँच, आधारभूत आवश्यकताको परिपूर्ति, सहभागितालगायतको सूचकका आधारमा गाविसको अध्ययन गरिएको लुइँटेलले जानकारी दिनुभयो । ती गाविसहरुलाई ध्यानमा राखेर विकासका कार्यक्रमहरु ल्याउनुपर्नेमा स्थानीयले जोड दिएका छन् । जिल्लाको पिठुवा, गीतानगर, शिवनगर, पार्वतीपुर र शारदानगर गाविस धनी गाविस बन्न सफल भएका अध्ययनले देखाएको छ । चितवन पूर्वाधार र विकासका दृष्टिले नेपालमा अग्र जिल्लामध्येमा पर्दछ । तर पनि गरिब गाविसहरु रहेकाले यहाँको विकास भने गाउँसम्म जान नसकेको अध्ययनले देखाएको छ । विपद्सम्बन्धी गरेको अध्ययनले पनि यहाँका पहाडी गाविस जोखिममा छन् । रासस
0 comments
Write Down Your Responses