साहरुखका छोराका लागि दीपिकाको सपिङ

चलचित्र ‘चेन्नई एक्सप्रेस’को सफलताले नायिका दीपिका पादुकोण र नायक साहरुख खानको निकटता अझै बढाएको छ । विशेषगरी साहरुखलाई आफूले दैनिक चुम्बन गर्ने बताउँदै आएकी दीपिकाले यतिबेला बलिउडका बादशाहको घर भित्र पनि चासो राख्न थालेकी छिन् । हालै मात्र दीपिकाले साहरुखको घरमा हुर्किरहेका अब्राहमका लागि कपडा किनिदिएको भारतिय संचारमाध्यहरुले जनाएका छन् ।दीपिकाले अब्राहमका लागि अन्तरराष्ट्रिय स्तरका ब्रान्डेड कपडाहरु खरिद गरेकी छिन् । यि कपडाहरु भारतमा नपाइने बताइएको छ । अब्राहमका लागि कपडा गिफ्ट दिएपछि दीपिकालाई उनी कस्तो देखिन्छन् भन्ने खुलदुली लागेको छ ।
गिफ्ट लिएपछि साहरुख पत्नी गौरी खानले दीपिकालाई अर्को पटक मन्नत आउँदा अब्राहम सहित पारिवारिक फोटो देखाउने बाचा गरेकी छिन् । पारिवारिक फोटोमा दीपिकाले दिएको कपडा अब्राहमले लगाएको देख्न सकिने छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.