मधेसी मोर्चा टुप्पीदेखि पैतालासम्म भ्रष्ट : प्रचण्ड

१५ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मधेसी मोर्चाका नेताहरुलाई टुप्पीदेखि पैतलासम्म भ्रष्टाचारमा डुबेको संज्ञा दिनुभएको छ । साथै एमालेले आफूहरुलाई रुखमा चढाएर फेद काट्न खोजेको उहाँको गुनासो छ । एमाओवादीको भातृ संगठन वाइसिएलको प्रथम राष्ट्रिय अधिवेशनको शनिबार राजधानीमा उदघाटन गर्दै प्रचण्डले विगतमा एमाले र मधेसवादीको बैशाखी टेकेर सरकारमा जानु बाध्यता भएको गुनासो गर्नुभयो । बसन्तपुरमा आयोजित सभामा प्रचण्डले भन्नुभयो- बहुमत नभएकाले कहिले एमालेजस्ता रुखमा चढाएर फेल ढाल्ने र मधेसी मोर्चाजस्तो टुप्पीदेखि पैतालासम्म बदनाम भएकाहरुसँग मिलेर सरकार बनाउनुपर्यो ।’ त्यसैगरी कार्यक्रममा बोल्दै एमाओवादी नेता डा. बाबुारम भट्टराईले डिल्लीबजार जेलमा उुडुस र उपियाँले टोकाइरहेका नेताकै पार्टीबाट आफूहरुलाई भ्रष्टाचारी भनिएको भन्दै आपत्ति जनाउनुभयो । वाइसिएलको अधिवेशन उद्घाटनमा एमाओवादीका सबै शीर्षनेताहरु सहभागी थिए । अधिवेशन तीन दिनसम्म चल्ने आयोजकहरुले बताएका छन् । अधिवेशनको बन्दशत्र आइतबारदेखि प्रज्ञा प्रतिष्ठान कमलादीमा हुँदैछ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.