सन्नीले पछारिन् कटरिनालाई, शाहरुख र प्रियंकाको अत्तोपत्तो छैन

बलिउडमा गत वर्ष छिरेकी पोर्नस्टार सन्नी लियोनले बलिउडकी नम्बर वान भिनेत्री कटरिना कैफ मात्र होइन पछिल्लो समयकी हट नायिका दीपिका पादुकोणलाई समेत पछारेकी छिन् । सन्नी सँगको यो लडाइँमा विद्या बालन, सोनाक्षी सिन्हा तथा प्रियंका चोपडा निकै पछि रहेका छन् ।
यद्यपि धेरै फिल्म खेलेर वा उनले खेलेको फिल्मले धेरै कमाएको हुनाले सन्नीले अरु हिरो हिरोइनलाई जितेकी होइनन् । इन्टरनेटमा सबैभन्दा बढि खोजी गरिएको आधारमा सन्नी लियोन बलिउड स्टार मा पहिलो नम्बरमा परेकी हुन् । यो खोजीको लडाइँमा सन्नी सँग सलमान तथा शाहरुख र रणविर कपूर लगायत सबैले हारेका छन् । गत जुन महिनामा सन्नी लियोनलाई साढे ३ करोड पटक इन्टरनेटमा सर्च गरिएको छ । दोश्रो स्थानमा रहेकी क्याटरिना कैफलाई जुन महिनामा १ करोड ८५ लाख पटक सर्च गरिएको छ भने तेश्रो स्थानकी करीना कपूरलाई १ करोड १५ लाख पटक खोजी गरिएको छ ।सलमान खान बढि खोजी गरिएको सेलिब्रेटीको चौथो स्थानमा छन् । उनलाई १ करोड १४ लाख पटक सर्च गरिएको छ । पाँचौ स्थानमा ऐश्वर्या राय छिन् । उनलाई ९२ लाख पटक सर्च गरिएको छ । छैटौँ स्थानमा अक्षय कुमार रहेका छन् । सातौँ स्थानमा अहिलेकी जल्दीबल्दी नायिका दीपिका पादुकोण रहेकी छिन् ।आठौँ नम्बरमा रणविर कपूर छन् । उनलाई ६५ लाख जनाले खोजी गरेका छन्। नबौँ नम्बरमा आमिर खान रहेका छन् भने दशौँ नम्बरमा अनुष्काले छलाङ मारेकी छिन् । टपटेनको यो सूचिमा शाहरुख खान देखि लिएर प्रियंका चोपडा तथा विद्या बालन लगायतको कुनै अत्तोपत्तो छैन ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.