पूनम भन्छिन्, ‘बलात्कारको घटनामा ममाथि आरोप किन ?’

बलिउडमा आफ्नो सेक्सी छविका कारण चर्चामा आएकी मोडल तथा नायिका पूनम पाण्डेले आफूलाई बलात्कारको आरोपमा नमुछ्न आग्रह गरेकी छिन् । पछिल्लो समयमा भारतका विभिन्न शहरमा महिला माथि बलात्कारको घटना बढ्दै गएपछि पूनमले यस्तो अभिव्यक्ति दिएकी हुन् ।पूनमले इन्टरनेटमा सार्वजनिक गर्ने उत्तेजक तस्बिरले पनि बलात्कार बढेको आरोप सामाजिक संजाल मार्फत लगाइएको छ । 
यो बिषयमा स्पष्टिकरण दिदै पूनमले भनेकी छिन्, ‘मैले केही गल्ती गरेको छैन । यस्तो बिषयमा मलाई मुछ्नु गलत हो ।’ उनले कानुन र प्रशासन कमजोर भएपछि आफूहरु माथि आरोप आउने गरेको तर्क गरिन् ।

पूनमले आफू बलिउडमा संघर्ष गरिरहेको र यो संसारमा एउटा स्थान खोजिरहेको कलाकार भएकाले सस्तो तर्क दिएर आरोप नलगाउन आग्रह गरिन् । पूनमले महिलाले लगाउने पहिरनले पनि बलात्कारका लागि पुरुषलाई उत्तेजित बनाएको हो भन्ने प्रश्नमा भनिन्, ‘के ५ बर्षको बच्चाले लगाएको पहिरन त्यस्तो हुन्छ जसले बलात्कारका लागि पुरुषलाई आकषिर्त गर्छ ?’ उनले महिलाले लगाउने पहिरन बलात्कारका लागि दोषि नभएको तर्क गरेकी छिन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.