अमेरिकी डलरको भाउ ११० हाराहारीमा

१३ भदौ, काठमाण्डौ । नेपाली बजारमा अमेरिकी डलरको भाउ बिहीवार एकै दिन करिव ३ रुपैयाँ ६० पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्रिदर १०८ रुपैयाँ ९० पैसा तोकेको छ । बुधबार राष्ट्र बैंकले १०५ रुपैयाँ ३१ पैसा तोकेको थियो ।

भारतीय बजारमा बुधबार नै अमेरिकी डलरको भाउ नेरु ११० को हाराहारीमा पुगेको थियो । त्यस आधारमा बिहीवार बाणिज्य बैंकहरुले ११० रुपैयाँकै हाराहारीमा कारोबार गर्ने देखिएको छ ।

पछिल्ला दिनमा अमेरिकी डलरको भाउ तिब्र बढेर एकपछि अर्को रेकर्ड राख्न थालेको छ । भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा कमजोर भएपछि त्यसको असर नेपाली रुपैयाँ पर्ने गर्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.