अझै भरिएनन् काठमाण्डौका सपिङ मल
२७ साउन, काठमाण्डौ । युरोपको चर्चित ब्रान्ड सुभारी र रोदीमुङले दुईसाताअघि कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको आफ्नो सोरुम हटाएको छ । यस्तै दरबारमार्गस्थित टाइम्स स्क्वायर मल सञ्चालनमा आएको तीन वर्ष वितिसक्दा पनि अधिकांश सटर अझै आधा खाली छन् । प्रमुख व्यापारिक केन्द्र न्युरोडको खिचापोखरीस्थित पशुपति प्लाजाका चौथो र पाँचौ तलाका आधा सटर खाली छन् ।
यस्तै २०६० बैशाखदेखि सञ्चालनमा आएको ललितपुरस्थित ललितपुर विशालबजार बन्द भइसकेको छ । राजधानीमा सञ्चालित केही ठूला सपिङ मल व्यवसाय घटेका यी केही उदाहरण हुन् । राजधानीका अन्य ठूला तथा साना सपिङ मलको अवस्था नाजुक छ । पछिल्लो समय राजधानीमा धमाधम सपिङ मल खुल्न थालेपछि व्यापार कम हुँदा सटर खाली हुने क्रम बढेको मल सञ्चालकहरु बताउँछन् । पाँच बर्षयता जुन गतिमा ठूला व्यापारिक केन्द्र खुल्ने क्रम बढेको छ, त्यही अनुपातमा पसलकबल खाली हुन थालेका छन् । यसले मलको लगानी जोखिममा परेको छ । राजधानीमा मात्रै तीन दर्जन बढि सपिङ मल सञ्चालनमा छन् । यी मलमा निजी क्षेत्रले अर्बा रुपैयाँ लगानी गरिसकेको छ । निर्माण भइसकेका अधिकांश ठूला मलमा व्यापारी नै नआएपछि सटर भाडामा छ सम्पर्क गर्नु होला भन्ने सूचना टाँसिएका छन् । सोचेअनुसार व्यापार नभएपछि सुभारी र रोदीमुङ सोरुमले हालै सिटी सेन्टर छाडेका हुन् । आजको कारोबार दैनिकले समाचार छापेको छ ।
व्यापारमा मन्दी आएर भाडा तिर्न नसक्ने अबस्था आएपनि सोरुम वन्द गरिउको सञ्चालक अखिलकुमार चापागाइँले बताए । उनले यो सोरुमलाई छिट्टै बल्र्ड ट्रेड सेन्टरमा सार्ने भएका छन् । सिटी सेन्टर व्यवस्थापन कम्पनीका प्रवन्ध निर्देशक राजेन्द्र अर्यालले २० प्रतिशत सटर खाली रहेको वताए ।

0 comments
Write Down Your Responses