हवल्दारको कुटाइबाट घरेलु कामदार बेहोस

९ भदौ, काठमाण्डौं । नेपाल प्रहरीका एक हवल्दारले निर्घात कुटेपछि घरेलु कामदारका रुपमा कार्यरत एक बालिका बेहोस भएकी छन् । महानगरीय प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी हवल्दार शारदा लामाले बसुन्धरास्थित आफ्नै डेरामा ११ बर्षकी लक्ष्मी लमालाई कुटपिट गरेकी हुन् । कुटाइबाट लक्ष्मीको टाउकोमा चोट लागेको छ भने ढाड तथा दुवै हातखुट्टामा लिडाम छ । हवल्दार शारदाले लक्ष्मीलाई शुक्रबार बेलुकाबाटै कोठामा थुनेर कुटपिट गरेकी थिइन् । शनिबार बिहान पनि कुटिएपछि लक्ष्मी बेहोस भएको नयाँ पत्रिकामा खबर छ । उनलाई स्थानीयले शनिबार बिहान १० बजे उद्दार गरी कान्ति अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका थिए । तीन बोतल स्लाइन चढाएपछि होसमा आएकी लक्ष्मीलाई पछि शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । लक्ष्मी हिँड्डुलसमेत गर्न नसक्ने अवस्थामा पुगेकि छन् । उद्दारमा संलग्न स्थानीय सार्की तामाङले भने, ‘बालिकामाथि कुटपिट भएको सुनियो । उद्दारका लागि पुग्दा उनी कोठामा लडिरहेकी थिइन, उठाउन जाँदा उनी बेहोस रहिछिन्, त्यसपछि हामीले बोकेरै अस्पताल लग्यौं ।’ सुरुमा हवल्दार शारदाले कोठामा कसैलाई छिर्न नदिएको र सबैलाई ठीक पार्ने धम्की दिएको भएपनि जबरजस्ती स्थानीयबासीले बालिकाको उद्दार गरेका थिए ।
14 August at 11:45 · Like

1 comments

Yehi ho bastabik nepali police ko bisesta.100 ma 40 pecent ta police le nai aparad garchan. kasari basnu, afnai desma surachya chaina.

Write Down Your Responses

Powered by Blogger.