भिसा मिलाउन माओवादी नेताको छोरो हुँ भन्दै फसाएका पो रहेछन् दलालले ?

source:nepalplus

हिजो अग्नी सापकोटाका कान्छा छोराले मानव तस्करीको काम गरे भन्ने न्युज आयो । पिडितलेपनि अडियोमै त्यसै भनेका छन् । नेपालमा पैसा तिर्दा देखि त्रुभुवन अन्तर् राष्ट्रिय विमान भेट भएर युरोप सँगै आएदेखि केहि दिन सँगसँगै बसेको मानिसले ‘म अग्नी सापकोटाको छोरो हुँ’ भन्ने र अन्य दलाललेपनि त्यसै भनेपछि सँगै आ उने नेपालीले नपत्याउने कुरोपनि भएन । तर आज अग्नी सापकोटाको परिवारबाटै त्यो झुठो भएको खुलस्त पार्ने काम गरेका छन् । भरत सापकोटा भन्ने ब्यक्ति अग्नी सापकोटाको छोरा हुँदै नभएको बताए । अग्नी सापकोटाका तिन छोरा रहेछन् । जेठा दीपक सापकोटा पत्रकारिता क्षेत्रैमा छन् । माईलोको नाम रुपक र कान्छाको नाम अनुशिल रहेछ । भरत सापकोटा भन्ने नाम रहेनछ कसैको पनि । कान्छा छोरा चाहिँ त्रि वीवीमा अंग्रेजी साहित्य लिएर एम ए पो गर्दै रहेछन् । दीपक सापकोटाले जानकारि दिए ‘मेरो भाईले युरोप त के भारतको सिमा शहरको भ्रमपनि गरेको छैन । यो भ्रमपूर्ण समाचार हो, दुख लाग्यो’ त्यसो भए भएको के हो त ? दलालहरुले नेपालीहरुलाई माओवादी नेताको पहुँचमा छौं भनेर देखाउन, बढि भयौ भने ठटाउँछन् भनेर त्रास देखाउन हुन सक्छ । यो समाचार लेखेपछि मैले फेरिपनि पोर्तुगल र बेल्जियममा सम्पर्क गरें । तिनले आफूहरुलाई शिव सापकोटा माओवादी नेता अग्नी सापकोटाकै छोरा भनेको बताए । ‘हामीलाई बाँकि दुई जना दलाल र शिव सापकोटाले समेत अग्नी सापकोटाको छोरा बताएका हुन् । बेल्जियम जानेलाईपनि त्यसै भनेका थिए । यो समूहले जति मानिस ओसार्‍यो ति सबैलाई अग्नी सापकोटाकै छोरा भन्दै ल्याउँदै गरेका हुन्’ पोर्चुगलमा रहेका पिडितले भने । यो मानव बेच बिखनमा दलालहरुको झन गम्भिर जालो पो छ भन्ने यसले बुझाउँछ । बिदेशीलाई साथ लिएर, नक्कली कार्यक्रम गरेर र कंपनी खोलि खोलि माओवादी नेताकै नाममा ब्यापार गर्ने गरेका छन् । अहिलेसम्म तिनले ल्याएका करिब डेढ सय मानिसले अग्नी सापकोटाकै छोरोसमेत मुछिएको भनेरै बुझ्दै आएका छन् । युरोपमा छरिएका तिनले त्यहि बताउँदै हिँडेका छन् । दलालहरुले अरु के के झुठो कुरो बताएर युरोप ओसार्छन् त्यसको खोजि हुनुपर्छ । र शिव सापकोटा, नरेश र युवराज श्रेष्ठलैऐ तत्कालै पक्राउ गर्न माओवादी लाग्नुपर्छ । नरेश श्रेषले कंपनीनै खोलेकाले त्यसमार्फत उनलाई पक्राय् गर्न सकिन्च । नरेशलाई समातेपचि बाँकि दलाल समातिनसक्छन् । त्यसपछि त्यो लिथुवानियाको गोरे दलाल जसले कंपनीकै नाममा नेपाले ओसार्ने काम गरिरहेको छ उसलाईपनि कारबाही गरिनुपर्छ । माओवादी प्रबक्ताकै नाममा ब्यापार गर्ने गरेकाले माओवादीले यिनलाई कारबाहेको दायरामा ल्याउनै पर्छ । खिरारे सरकार गम्भिर छ, प्रहरी प्रशानले मानव तस्करिको यस्तो अपराधमा ध्यान दिन्छ भने उसलेपनि यि दलालहरुलाइ पक्राउ गर्नुपर्छ । बेल्जियम, पोर्चुगल र लिथुवानीमा समेत सम्पर्क गरेर र पिडितकै मुखबाट स्पष्ठरुपमा माओवादी नेताकै छोराले ठगेको भनेपछि समाचार नलेख्ने कुरो भएन । त्यसमाथि मान्छे ओसार्ने कंपनीकै लेटरप्याडसमेत फेला पर्‍यो तिनले गरेको मन्जुरिसहित । त्यसै आधारमा लेखियो । अनाहकमा अग्नी सापकोटा र उनको परिवारलाइ अन्याय भो भने म आफैं यो घटनामा माफी माग्छु उनको परिवारसित । तर अहिलेसम्म अग्नी सापकोटाको नाममा कति मानिस बेचेछन् त दाललले बिदेशीसमेतलाई साथ लिएर भन्ने जानकारिपनि यहि समाचारका कारण आयो जुन राम्रो हो । यि दलालका बारेमा थप खोजि गरिरहेका छौं । पाएको जानकारि फेरि बाहिर ल्याउने छु । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.