क्रिकेटमा भएको सट्टाबाजीबाट अर्बौ बाहिरियो
२ भदौ, काठमाण्डौं । लोकप्रिय खेल
क्रिकेटका अन्तर्राष्ट्रिय प्रतियोगिता हारजितको अड्कल गर्दै थापिने बाजीमा
अबौं रुपैयाँको कारोबार हुने गरेको छ । खेल नतिजा पूर्वानुमान गरेर नगदमा
बाजी थाप्ने यो धन्धा एक प्रकारको जुवा हो ।

राजधानीलगायतका मुख्य सहरमा सट्टाबाजीमा
ठूलो कारोबार हुने गरे पनि दलालमार्फत मोटो रकम हातपारेका कारण प्रहरी
प्रशासन चुप लाग्ने गरेको स्रोतको दाबी छ ।
प्रहरीका मुख्य अनुसन्धान एकाई विशेष
व्युरो, अपराध अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान व्युरोका अधिकारीले
यसबारे सामान्य जानकारी मात्रै भएको बताएका छन् । नेपाल प्रहरीका प्रवक्ता
नायब महानिरीक्षक नवराज सिलवालले यसबारे छानविन गरी कारबाही गर्नसक्ने
व्यवस्था रहेको बताए ।
![]() |
0 comments
Write Down Your Responses