प्रचण्डको गाडी विमानसम्मै पुग्न पाउने
२ भदौ, काठमाण्डौं । पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठलाई अन्य पूर्वप्रधानमन्त्रीले पाउँदै आएको मृत्युपछिको सलामी सम्मानबाट बन्चित गरिएकै बेला अर्का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भने बिमानको ढोकासम्म आफ्नै गाडीमा जान दिइएको छ । एमाओवादी अध्यक्ष दाहाल शुक्रबार भैरहवा जाने क्रममा आफ्नै गाडीमा जहाजको ढोकैसम्म पुगे । तर उनी शनिबार बिहान काठमाण्ठडौं र्फकदा भने यो प्रकरणले ठूलै रुप लियो । विमानस्थल सुरक्षा प्रमुख डीआईजी गोपाल भण्डारीले दाहाल र्फकदा उनको गाडीलाई ढोकैसम्म जान नदिन सुरक्षाकर्मीलाई आदेश दिएका थिए । कुनै पनि पूर्वप्रधानमन्त्रीलाई आफ्नो गाडीमै चढेर दलबलसहित जहाजसम्म जान दिने नियम छैन । उनीहरुलाई भीआईपी कक्षमा राखेर ‘फलो मी’ नामाकरण गरिएको गाडीमा राखेर जहाजसम्म पुर्याउने गरिन्छ । तर दाहालको हकमा यो लागू भएको छैन । यसपटक लागू गर्ने प्रयत्न भएपछि सुरक्षा निकायले नसकेको अन्नपूर्ण पोस्टमा खबर छ । आफ्नो गाडी जहाजसम्म पुग्नबाट रोक्न लागिएको जानकारी दाहालले भैरहवामा पाएछन् । त्यसपछि उनका सुरुक्षा प्रमुखका रुपमा खटिएका पूर्वलडाकु कमाण्डर सन्त दराईले नेपाल प्रहरीका आइजीपी कुबेरसिंह रानालाई फोन गरी जहाजको ढोकासम्म गाडी जान रोकिनुको कारण सोधेछन् । त्यसलगत्तै आइजीपी रानाले डीआईजी भण्डारीलाई फोन गरी दाहालको गाडी नरोक्न आदेश दिएका थिए । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
|
0 comments
Write Down Your Responses