काठमाडौं । कार्यक्रममा भागलिन मलेशियामा रहेकी मोडल रीमा विश्वकर्मालाई टाढा भएपनि आफ्नो मनमा ‘मायाँ’ झनै गाढा भएको बताएकी छन् । तर उनको मन कस्का लागि गाढा भएको केही बताएकी छैनन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकको लाईक पेजमा नयाँ तस्वीरसहित रीमाले सन्देश लेखेकी छन् । ‘छु म टाढा भो । टाढा भएनी झन् मायाँ गाढा भो,’ सन्देशमा भनिएको छ ।
रीमाका अनुसार सो पंत्ति लोकदोहरी गायिका मुना थापामगरले सिकाई दिएकी हुन् ।
चर्चित मोडल रीमालाई चाहने धेरै छन् । यद्यपि ती हरफ कस्का लागि हुन् आफै बुझ्नु पर्ने छ । रीमा हाल झण्डै दर्जन कलाकारहरुसँग मलेशियामा रमाई रहेकी छन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses