भुवनलाई ‘रोमान्टिक किङ्’को उपाधि

काठमाडौं । अभिनेता भुवन केसी केटीहरुसँगको सम्बन्धका कारण प्राय मिडियामा छाउने गरेका छन् । चलचित्र क्षेत्रमा सदावहार नायकको रुपमा परिचय बनाएका उनलाई महिलासँगको प्रकरणले हैरानै बनाउने गर्छ । उनका किस्सा पनि अनेकौ छन् । उनलाई सकारात्मक भन्दा पनि नकारात्मक रुपमा मिडियाले प्रस्तुत गर्ने गरेका छन् । सोही कारण भुवन पटक पटक तनावमा आउने गरेका छन् । केही समय पहिले अभिनेत्री जिया केसीसँगको रोमान्टिक सम्बन्धका कारण भवनको मिडियामा खुबै चर्चा भयो । पछिल्लो समय अभिनेता भवनलाई अर्काे परिचय पनि थपिएको छ । त्यो परिचय हो ‘रोमान्टिक किङ्’ । नायक भुवनलाई यो उपाधी बिहीबार काठमाडौंमा आयोजित चलचित्र ‘एउटा साथी’को शुभसाइत समारोहमा दिइको हो । वरिष्ठ नायक अर्जुनजंग शाही, चलचित्र निर्देशक तथा कलाकार रमेश उप्रेती, चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का तथा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले खादा ओढाएर भुवनलाई सो उपाधि दिए । भुवनले आफूले ‘रोमान्टिक किङ्’को उपाधि पाएकोमा खुसी पनि व्यक्त गरे । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.