हिरोइन ठुस्स गन्हाउँदै आएपछि सुवासलाई टङकिसमा गाह्रो


नायिकासँग टङ किस दिन तयार भएका ‘किन किन’ हिरो सुवास थापा केही नर्भस थिए । सेक्सी युवतीसँग धेरै मानिसको अगाडी टङ किस गर्न पक्कै पनि गाह्रो हुन्छ । निर्देशक उकेश दाहालले ‘एक्सन’ भनेपछि सुवास थोरै सर्माउँदै तयार भए चुम्बनका लागि । तर, नायिकाले चुरोट पिएर ठुस्स गन्हाउँदै आएपछि सुवासले नाक चिम्राए । चुम्बन अनुभव सुनाउँदै सुवासले भने, ‘म कहिले पनि चुरोट नपिउने मानिस, तर अरुणिमाजीले चुरोट पिएर आउनु भएको रैछ, यसैले चुम्बन गर्न गाह्रो भयो ।’ उनले ‘किन किन’मा आफूले दिएको बेडसिन र चुम्बनले नयाँ अनुभव भएको बताए । उनले बजारमा हल्ला चलेजस्तै यो चलचित्र अश्लिल नभई कलात्मक भएको दाबी गरे । यता नायक सर्माउँदै गर्दा नायिका अरुणिमा लामा भने चुम्बनको टेक गन्दै बसेकी थिइन् । उकेश दाहालको निर्देशनमा तयार भएको यो सिनेमामा सुवास र अरुणिमाका अलवा राजेश हमाल, करिश्मा मानन्धर, शशी खड्का, राज तिमिल्सिना लगायतका कलाकारको अभिनय छ । यो चलचित्र साउन ३२ गतेबाट देशभर प्रदर्शन हुँदै छ ।भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.