माग सम्बोधन नभए निर्वाचन असफल पार्छौ : बैद्य

२५ साउन, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले आफूहरुले उठाएका मागहरु सम्वोधन नभए जसरी पनि निर्वाचन असफल पार्ने चेतावनी दिनु भएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष बैद्यले आफूहरुले वार्ता र संघर्ष एकैसाथ अघि बढाउने बताउनुभयो । मंसिर ४ को चुनाव रुपमा लोकतन्त्रका लागि जस्तो देखिए पनि लोकतन्त्र र जनताको अधिकारमाथि धावा बोल्न गराउन खोजेको उहाँको भनाई थियो ।

२०४६ सालपछि दलहरुले बेवास्ता गरेकै कारण आफूहरुले १० बर्षे जनयुद्ध गरेको भन्दै माओवादी अध्यक्ष बैद्यले दलहरुले फेरि बेवास्ता गरे दुर्घटना निम्तिने चेतावनी दिनुभयो । उहाँले सबै पार्टीहरुका बीचमा सहमति भएमा आफूहरु सविधानसभाको चुनावमा सहभागी हुने बताउनुभयो ।

कार्यक्रममा माओवादी प्रवक्ता पम्फा भुषालले नेपालमा कतिपय उच्चस्तरीय कर्मचारीहरुले नै राष्ट्रिय अस्थित्वका लागि भन्दा पनि पाँचतारे होटलमा बसेर भारतको निर्देशनमा काम गरेको भन्दै आप्पत्ति जनाउनुभयो । अधिवेशन भोलिसम्म चल्नेछ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.