आफ्नै विद्यालयकी किशोरी बेचेको भन्दै शिक्षकविरुद्ध उजुरी

बैतडी—आफ्नै विद्यालयको एक किशोरीलाई भारत लगेर बेचेको भन्दै बैतडीका एक शिक्षकबिरुद्ध मानव बेचबिखनको उजुरी परेको छ। महारुद्रको दुर्गा उच्च मावि कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रा जानकी जोशीलाई भगाएर भारत लगेको भन्दै प्राविका राहत शिक्षक दीपक दयालबिरुद्ध उक्त उजुरी परेको हो। Laptop Bag with every nagarik चार दिनअघि शिक्षक दयालले छात्रा जोशीलाई भगाएर लगेको भन्दै विद्यालय व्यवस्थापनले उनीबिरुद्ध विद्यालयकी छात्रा बेचबिखन गरेको भन्दै स्थानीय इलाका प्रहरी कार्यालय मेलौलीमा उजुरी दर्ता गराएको हो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष बहादुरसिंह पुजारा र प्राचार्य फणीन्द्रदत्त पन्तलगायतले विद्यालयकी छात्राको खोजी गरिदिन तथा शिक्षक दयाललाई कारबाही गर्न चौकीमार्फत जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी पठाएको प्रहरी सहायक निरीक्षक शङ्कर पन्तले बताए। जिल्ला प्रहरी कार्यालयले निज शिक्षकको खोजी कार्य जारी राखेको बताएको छ। बैतडीका प्रहरी नायब उपरीक्षक होमनाथ निरौलाले मानव बेचबिखन गरेको प्रमाणहरु जुटाएर दोषीलाई कडा कारबाही गर्ने बताए। विद्यालय व्यवस्थापन समितिले शिक्षक दयाललाई विद्यालयबाट निष्कासन गर्ने निर्णय गरेको छ। रासस भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.