वलिउड नायिका: कसको उचाई कती ?

बलिउडमा यतिबेला आकर्षक फिगर र लोभलाग्दो जीउडाल भएका नायिकाहरुको प्रवेश भइरहेको छ । यसैले पनि बलिउडका नायिकाहरुको अभिनय मात्र नभएर सौन्दर्यको पनि विश्व नै दिवाना छ । बलिउडमा आएका अधिकांश नायिकाहरुको लोभलाग्दो उचाई छ । प्राय नायिकाहरु उचाई कम भएकै कारणले असफल पनि भएका छन् । तर यहाँ हामीले बलिउडका सबैभन्दा अग्ला बलिउडका १० नायिकाहरुलाई प्रस्तुत गरेका छौ ।पूर्व मिस वल्र्ड प्रियंका चोपडाको उचाई ५ फिट ८ ईन्च छ । यस्तै अर्की हट नायिका लारा दत्तको उचाई पनि प्रियंकाको जस्तै ५ फिट ८ ईन्च नै छ । यो उचाई कमै मात्र युवतीहरुले पाउँछन् ।
अर्की सुन्दर नायिका सोनम कपुर पनि ५ फिट ८ ईन्च अग्ली छिन् । हालै मात्र २ सफल सिनेमा दिएकी सोनमको शारीरिक बनाबट उचाईका कारण पनि लोभलाग्दो छ । बलिउडमा ५ फिट ८ ईन्च उचाई भएका नायिकाहरुको सूचि लामो छ । यो भिडमा अर्की सुन्दरी सोनाली बान्द्रे पनि पर्छिन् ।
सेक्सी गर्ल शिल्पा सेट्टीको उचाई पनि अन्य नायिकाको जस्तै ५ फिट ८ ईन्च नै छ । विपशा वासु पनि अग्ली नायिकाको सूचिमा पर्छिन् । काली सेक्सी सुन्दरीको उचाई ५ फिट ८ ईन्च नै छ । तर यि सबै नायिकाहरुलाई पछि पार्दै लण्डन सुन्दरी कटि्रना कैफको उचाई ५ फिट साढे ८ ईन्च उचाई छ । ‘रब ने बनादी जोडी’ डेब्यू गर्ल सेक्सी अनुष्का शर्माको उचाई ५ फिट ९ ईन्च छ । यसैले पनि उनी उचाइका कारण सधै चर्चामा हुन्छिन् ।
अनुष्काकै प्रतिस्पर्धामा रहेकी नायिका दीपिका पादुकोणको उचाई पनि ५ फिट ९ ईन्च छ । उनको सामु बलिउडका धेरै नायकहरु फुच्चे देखिन्छन् । बलिउडमा सबैभन्दा अग्ली नायिकाको रुपमा सुष्मिता सेनलाई मानिन्छ । उनको उचाई ५ फिट साढे ९ ईन्च छ । आफ्नो अभिनयका कारणले बलिउडका यि नायिकाहरुले जुन खालको उचाई पाएका छन् त्यस्तै उचाईको शारीरिक बनावट यि नायिकाहरुको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.