सशस्त्रको भर्ना छनोटमा अनियमितता

२७ साउन, काठमाण्डौ । सशस्त्र प्रहरी बलले अघिल्ला भर्ना छनोटमा त्रुटि भएको स्वीकार्दै त्यसमा संलग्न सात एसपीसहित ६६ जनालाई विभागीय कारबाही गरेको छ ।सात एसपीलाई लिखित सचेतपत्र र चेतावनी दिइएको छ । कारबाहीमा परेकामा तालिमका बेला पाँच विकास क्षेत्रमा रहेका तालिम केन्द्रका प्रमुखसहितका एसपीहरू राजु महर्जन, पदमसिंह ऐर, दीपक थापा, मानबहादुर शाही, भुवनेश्वरप्रसाद, मानसिंह मौने र जनक बोहरा छन् । उम्मेदवारको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक पनि कारबाहीमा परेका छन् । एसपीको मातहतमा रहेर काम गरेका डीएसपी र इन्सपेक्टरलाई पनि कारबाही गरिएको छ ।

सशस्त्र प्रहरी बलले गत माघमा २ हजार २ सय ५० प्रहरी जवान भर्ना गरेको थियो । भर्नामा छानिएका डेढ सयभन्दा बढीले तालिम गर्न नसकेपछि अनियमितता खुलेको हो । माघमा भर्ना प्रक्रिया सुरु गरेर चैतबाट तालिममा सहभागी भएका उनीहरूले तालिम गर्न नसकेको लिखित जानकारी तालिम केन्द्रहरूले सशस्त्र प्रहरी मुख्यालयलाई गराएका थिए ।मध्य क्षेत्रमा भर्ना भएका ७५, पश्चिम क्षेत्रमा २०, पूर्व क्षेत्रमा ३०, मध्य पश्चिम र सुदूर पश्चिममा १५ जनाले तालिम गर्न सकेका थिएनन् । उनीहरूलाई सशस्त्र प्रहरी बलमा झिकाएर भर्ना प्रक्रियाबारे सोधिएको थियो । उनीहरूमध्ये केहीले भनसुन र पैसा खुवाएर भर्ना भएको बयान दिएका थिए । त्यसरी छानिएर अयोग्य भएका १३ जनालाई सशस्त्र प्रहरी ऐनबमोजिम बर्खास्त गरिएको छ । भर्ना छनोटमा बदमासी भएको थाहा पाएपछि सशस्त्र प्रहरी मुख्यालयले डीआईजी पुष्पराम केसीको संयोजनमा छानबिन समिति बनाएको थियो । आजको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

समितिले भर्नामा त्रुटि भएको प्रतिवेदन प्रहरी प्रमुखलाई बुझाएपछि कारबाही गरिएको हो । घिल्लो सालको भर्नामा अयोग्यसमेत उत्तीर्ण भएपछि सशस्त्र मुख्यालयले परीक्षा प्रणाली नै परिमार्जन गरेको छ । मापदण्डविपरीत परीक्षार्थी उत्तीर्ण भएपछि छनोटको नयाँ मापदण्ड तयार पारिएको हो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.