नेपालमै चल्दैन नेपाली रुपैयाँ
२ भदौ, काठमाण्डौं । मुलकुभित्रै नेपाली
रुपैयाँ चलदैन भन्दा जोकोहीलाई विश्वास नलाग्न सक्छ । तर महोत्तरी जिल्लाको
भारतीय सीमासँग जोडिएको मनरा गाविस पुगेपछि जोकोहीको यो भ्रम टुट्छ ।

स्थानीय लेखापढी व्यवसायी रबीन्द्र भगतका
अनुसार छिमेकी मुलुक भारतको सीतामढी जिल्लाअन्तगत सिरसिया सहरसँग जोडिएको
नेपालको मनरा गाविसका हाट, बजार तथा पसलमा नेपाली रुपैयाँको ठाउँमा भारतीय
रुपैयाँ मात्र चल्ने गरेको राजधानी दैनिकमा खबर छ । दैनिक जीवनका हरेक
आर्थिक कारोबारमा मनराबासीले भारतीय रुपैयाँमा लेनदेन गर्नुपर्ने बाध्यता
रहेको बताए ।
![]() |
0 comments
Write Down Your Responses