स्तनको आकार बढ्दो, ठूला साइजका ब्रा खोसाखोस


बेलायतमा गरिएको एक र्सर्भेक्षणले त्यहाँका महिलाहरुका स्तनको आकार पहिलेभन्दा औषतमा ठूला भएको देखाएको छ । महिलाले लगाउने ब्रा उत्पादन गर्ने कम्पनीहरुले दिएको तथ्यांकलाई आधार मानेर गरिएको अध्ययन अनुसार पछिल्ला दिनहरुमा ठूला साइजका ब्रा को माग बढ्दै गएको छ भने साना साइजका ब्रा खोज्नेहरु कम हुँदै गएका छन् ।

तथ्यांकले खासगरी उत्तरी बेलायत, मध्यक्षेत्र तथा आयरल्याण्डका महिलाहरुमा ठूलो आकारका ब्रा को खपत ह्वात्तै बढेको छ । जबकी दक्षिणी बेलायत तथा स्कटल्याण्डका महिलाका वक्षस्थल तुलनात्मक रुपमा केही साना छन् ।

उता वेल्सले भने औषतमा सबैभन्दा ठूला आकारका ब्रा को अत्यधिक खपत हुने क्षेत्रको रुपमा नाम लेखाउन सफल भएको छ, जहाँका औषत महिलाहरुको लागि मिल्ने ब्रा भनेको इ कप साइजको हो ।

ब्रा डिजाइनर शारोन वेबले विगतमा भन्दा महिलाका स्तनको आकार ठूला हुने गरेको स्विकार गर्दै ठूला आकारका ब्रा को माग र खपतले यसलाई पुष्टि गरेको बताउँछन् ।

, , , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.