नाङ्गी युवती देखेपछि राजेश हमालको चर्तिकला (भिडियो)
उमेर ढल्कदै गएपछि नायक राजेश हमालले चलचित्रमा उत्तेजक दृश्य दिन थालेका छन् । कुनै समय नायिकासँग नजिक हुन पनि डराउने हमाल अहिले भने चलचित्रमा खुलेरै यौनका दृश्य दिन थालेका छन् ।
साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘किन किन’ मा नायक हमाल र नव नायिका अरुणिमा लामा बिचको उत्तेजक दृश्य समावेश छ । चलचित्रको प्रोमो अनलाइनखबर मार्फत सार्वजनिक गरिएको छ । प्रोमोमा नायक राजेश हमाललाई २ भिन्न रुपमा देख्न सकिन्छ ।
यो चलचित्रमा राज तिमिल्सिना, शशी खड्का, सुभाष थापाको पनि अभिनय छ । उकेश दाहालको निर्देशनमा तयार भएको चलचित्र ‘किन किन’ को प्रोमोले बजारमा राम्रो प्रभाव पार्ने आशा गरिएको छ । चलचित्रमा गायक राजेशपायल राई, प्रमोद खरेल, अराज केशव, हिमाल सागरलाई पनि देख्न सकिन्छ ।नेपाली सिनेमामा पछिल्लो समय चलेको बिषयबस्तु भन्दा केही फरक कथामा तयार भएको ‘किन किन’ले सिने बजार तताउने विश्वास धेरैको छ । उकेशले यसअघि निर्देशन गरेको चलचित्र ‘पलपलमा’ले पनि सर्वाधिक चर्चा पाएको थियो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला 


0 comments
Write Down Your Responses