समाचार
»
नेपालको सुरक्षाका लागि राजनीतिक हस्तक्षेप कै खतरा
नेपालको सुरक्षाका लागि राजनीतिक हस्तक्षेप कै खतरा
१४ वैशाख, काठमाण्डौं । प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले राजनीतिक हस्तक्षेपलाई मुलुकको आन्तरिक सुरक्षाको प्रमुख चुनौती ठहर गरेको छ । प्रमुख दलहरुको सहमतिमा रेग्मी नेतृत्वमा बनेको पूर्वकर्मचारीको सरकारले राजनीतिक हस्तक्षेपका साथ राजनीतिकको अपराधीकरण र अपराधको राजनीतिकरणले संक्रमणकालीन अवस्थाको सुरक्षालाई चुनौती दिएको ठहर्याएको छ । सरकारलाई कसरी, कहाँ र कसले राजनीतिक हस्तक्षेप गरेको छ भन्ने कुरा नखुलाए पनि मुलुकको सुरक्षाका लागि खतरा परिभाषित गर्दै सरकारी दस्तावेजमा भनिएको छ, ‘देशको संक्रमणकालीन राजनीतिक अवस्था र अस्थिरताको दुरुपयोग हुने गरी संरक्षित एवं संगठित अपराध बढ्न सक्ने हुँदा राजनीतिक हस्तक्षेप, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण गर्ने प्रवृत्ति अवका सुरक्षा चुनौती हुन् ।’ केही दिनअघि सरकारका मुख्य सचिव लीलामणि पौडेलकै उपस्थितिमा सम्पन्न एक अन्तरक्रिायमा उनले घुमाउरो पारामा मुलुकमा राजनीतिक अपराधीकरण बढ्दै गएको स्वीकार गरेका थिए । कर्मचारी पनि राजनीतिकरणको सिकार भएको आशय उनको रहेको अन्नपूर्ण पोष्टमा खबर छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses