समाचार
»
राज्यको सहुलियतमा पनि लुट
राज्यको सहुलियतमा पनि लुट
१४ वैशाख, काठमाण्डौं । जुट उद्योगहरुले राज्यबाट पाउँदै आएको सहुलियतवापतको आम्दानी उद्योगको विकास र सेवा विस्तारमा भन्दा मजदुरको पारिश्रमिकमा खर्च गरिरहेका छन् । सुनसरी र मोरङका नौ जुट उद्योगले विद्युत महसुल र स्पेयर्स पार्टस्मा भन्सार छुटबापत पाउने रकम ती उद्योगका सात हजारभन्दा बढी मजदुरको दैनिक ज्याला बराबर रहेको छ । अविच्छिन्न बिजुली पाइरहेका ती उद्योगमा ८० प्रतिशत भन्दा बढी कच्चा पदार्थ भारत र बंगलादेशबाट आयात हुन्छ । जुट मिलका लागि सरकारले भन्सार र बिजुली छुट दिँदै आएको छ । यी उद्योगले विद्युत महसुलमा प्रतिदिन १० लाख ५५ हजार रुपैयाँ बराबर छुट पाउँछन । बिराटनगरमा मजदुरको दैनिक ज्याला दुई सय ३१ रुपैयाँ छ । यो ज्यालादरका आधारमा जुट उद्योगले पाएको ७० प्रतिशत बिजुली महसुल छुटको सहुलियत हेर्दा उनीहरुलाई चार हजार पाँच सय ६७ जना मजदुर बराबरको तलब राज्यले उपलब्ध गराउँदै आएको अन्नपूर्ण पोष्टमा खबर छ । कृषिमा आधारित भएकाले जुट उद्योगलाई प्राथमिकता दिँदै चार बर्षअघि राज्यले बिजुली र भन्सारमा छुट दिएको हो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses