कांग्रेस बैठकमा झन् विवाद

Congressकाठमाडौ, चैत्र २३ - राजनीतिक प्रस्ताव र विधान संशोधनको प्रस्तावमाथि विवाद भएपछि बिहीबार रातिसम्मै कांग्रेस केन्दीय कार्यसमिति बैठक जारी रह्यो । ती दुई प्रस्ताव नवलपरासीमा सोमबारदेखि हुने महासमिति बैठकमा पेस गरिनेछ ।
राजनीतिक प्रस्तावमा अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गराउनुपर्ने विषय महासमितिको छलफलका लागि राख्नुपर्ने २२ केन्द्रीय सदस्यको अडान र सभापतिलाई आमन्त्रित केन्द्रीय सदस्य मनोनयन गर्न अधिकार दिने विधान संशोधन प्रस्तावमा विवाद भएकाले बैठक लम्बिएको एक सहभागीले जनाए ।
बैठकमा उपसभापति रामचन्द्र पौडेलद्वारा प्रस्तुत प्रस्तावमा रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गराउने/नगराउने विषयमा चर्को विवाद भयो । रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गराउनुपर्ने विषय राख्नैपर्ने अडान २२ सदस्यले राखे भने अन्यले राजीनामा गराउने विषय राजनीतिक प्रस्तावमा नराखी अनुमोदन गर्नुपर्ने बताएका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.