गीत लेख्ने अर्थमन्त्रीलाई बजेट लेख्न मन लागेन

अर्थमन्त्री शंकर कोइरालाले आफूलाई मन्त्रीको साटो साहित्यकार भन्न आग्रह गर्दै गीत लेख्न हातले बजेट लेख्नु पर्दा दिक्क मान्नु भएको छ ।
shankar-koirala
विहीबार रिपोर्टर्स क्लबमा स्वर सम्राट नारायण गोपाल र बरिष्ठ संगीतकार गोपाल योञ्जनको जीवनी समेटिएको लक्ष्मण सिटौलाद्वारा लिखित मितज्यूको विमोचन गर्दै अर्थमन्त्री कोइरालाले भन्नुभयो,’म पहिला, गीत, कथा र कविता लेख्थेँ, अहिले बजेट लेख्दैछु । तर लेखनमा आत्मसन्तुष्टि, स्वतन्त्रता हुन्थ्यो । त्यो अहिले गुमाएको छु । ‘
उहाँले पद आफ्नो क्षणिक परिचय मात्रै भएकोले आफूलाई सहित्यकार नै भन्न आग्रह गर्नु भयो । कोइरालाले सरकारले केही नयाँ दिर्घकालिन महत्वका योजनाको सुरुवात गर्ने गरी नयाँ बजेट ल्याउने तयारी गरिरहेको वताउनु भयो । उहाँले राज्यले संगीत क्षेत्रलाई अनुत्पादक क्षेत्रको रुपमा हेर्दा यसको समुचित विकास हुन नसकेको वताउनुभयो । उहाँले आगामि बजेटबाट आफू कला, साहित्य र संगित क्षेत्रलाई सहयोग गर्ने योजनामा रहेको जानकारी दिनुभयो ।
सिटौलाको कृतिमाथि त्रिवेणी सहित्य परिषदका हरिदाहाल, उपप्राध्यापक डा नारायण गड्तैला, गीता त्रिपाठी, ऋषि धमला, संकेत कोइराला, कलाकार श्रीकृष्ण सिंखडा लगायतका ब्यक्तित्वहरुले समीक्षा गरेका थिए ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.