दुई कोरियाको नालिनेली

फेब्रुअरी १९४५ मा स्टालिन, रुजवेल्ट र चर्चिलबीच भएको याल्टा सम्मेलनमा सोभियत पक्षले एशिया र युरोप दुबै महादेशमा “वफर जोन” को माग गर्यो । यसको अलावा चीनमा सोभियत हितलाई ध्यान दिनुपर्ने र बदलामा जर्मनीलाई परास्त गरिसकेपछि सोभियत संघले जापानविरुद्ध युद्धमा प्रवेश गर्नुपर्ने सहमति भयो । १० अगष्त १९४५ मा अमेरिकी सरकारले सोभियतहरुले प्रस्ताव स्वीकार्लान् अथवा नस्वीकार्लान् भन्ने द्विविधासहित अर्को प्रस्ताव अघि सार्यो ।
एक महिनाअघि नै अमेरिकी कर्णेल डिन रस्क र वोनस्टिलले आधा घण्टाभन्दा पनि कम समय लगाएर खिचेको ३८ समानान्तर रेखालाई आधार मानेर कोरियाको विभाजन गरिने, उक्त रेखाभन्दा उत्तरमा रहेका जापानी फौजलाई सोभियत संघ सामु र दक्षिणमा रहेका फौजहरुलाई अमेरिकी फौज सामु आत्मसमर्पण गराइने, सम्वन्धित भूभागलाई आ-आफ्नो प्रभाव क्षेत्र कायम गर्ने बुँदाहरु उक्त प्रस्तावमा थियो ।
डिन रस्क, जो पछि अमेरिकाको परराष्ट्र मन्त्रीसमेत भएका थिए, ले उक्त रेखा राष्ट्रिय भौगोलिक नक्शालाई सन्दर्भ सामाग्री मानेर खिचिएको र तत्कालिन समयमा सोभियतहरु दक्षिणतर्फ अघि बढ्नुभन्दा पहिल्यै अमेरिकी फौजको कठिनाइलाई ध्यानमा राखेर ३८ समानान्तर रेखाभन्दा उत्तरतर्फ लम्कन नसकिने भएकाले त्यसो गर्नुपरेको भनेर आफ्नो बाध्यता प्रकट गरेका थिए ।
पूर्वी युरोपको व्यवस्थापनमा सहयोग पुग्ने आशामा सोभियतहरुले १० अगष्तको प्रस्तावलाई स्वीकारेर ३८ समानान्तर रेखा नाघेनन् । यसरी कोरियनहरु संगको सल्लाह र सहमति बेगर शक्ति राष्ट्रहरुले कोरिया प्रायद्विपलाई विभाजन गरी आ-आफूमा बाँडचुँड गरे । यही विभाजन, पछि गएर गृहयुद्ध र स्थायी विभाजनको आधार बन्न पुग्यो ।
डिसेम्वर १९४५ मा अमेरिकी र सोभियत संघले अर्को एक सहमति गरे, जसअन्तरगत ४ वर्षसम्म कोरियालाई अन्तर्राष्ट्रिय गुठियारहरुको संरक्षकत्वमा स्वशासन दिने तत्पश्चात पूर्ण स्वतन्त्रता प्रदान गर्ने निर्णय भयो । यसो भएता पनि उनीहरुले आ-आफ्नो हिस्सामा परेको भूभागमा आफू समर्थक सरकारहरुलाई समर्थन गरिरहेका थिए । वर्षौदेखि जापानी उपनिवेशवादी अत्याचारबाट पीडित कोरियालीहरुको काँधमा पुनः विदेशी जुवा हालिएबाट उनीहरु जिल्लीएको पाए र बहुसंख्यक कोरियालीहरुले यस्तो किसिमको व्यवस्थापनको विरोध गरे । विरोधको स्वर दक्षिणमा बढी उर्लियो र रक्तपातपूर्ण विद्रोहमा परिणत भयो । विद्रोहको बढी प्रभाव पहाडी क्षेत्र र दक्षिणी समुद्री तटबाट केही पर रहेको चेजु टापुमा पर्यो, जहाँ १ लाख भन्दा बढी विद्रोहीहरुलाई अमेरिकीहरुको सहयोगमा कठपुतली सिंगमन हि शासनले मार्यो ।
उत्तरको तुलनामा दक्षिणमा जनसंख्या लगभग दोब्बर रहेको हुँदा अमेरिकनहरुले के अनुमान लगाए भने तत्काल चुनाव गराइयो भने वामपन्थीहरुको हार अवस्य हुनेछ । कोरियामा चुनाव गराउन सं.रा.संघलाई अगाडि सारे । त्यसका लागि दक्षिणमा बनेका जनसमितिहरु भंग गराइए । ब्यापक जनदमन गरियो । मुख्य विपक्षी नेताहरु यो हुन हृयोङ्गलाई जुलाई १९४७ र किम कु लाई १९४८ मा सिउलको सडकमा दिउँसै हत्या गरियो । दुई तिहाई अमेरिकी कर्मचारी र एक चौथाइभन्दा बढी अमेरिकी आर्थिक अनुदानमा निर्भर सं.रा.संघले जुन मूल्य र मान्यतामा आधारित भै आफू खडा भएको हो त्यसलाई एकातिर पन्छाएर दक्षिण कोरिया भित्र के भैरहेको छ भन्ने सामान्य जानकारी समेत एकत्रित नगरी अमेरिकीहरुको लहलहैमा लागेर दक्षिण कोरियामा चुनाव पर्यवेक्षण गर्न सहमत भयो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

अगष्त १९४८ मा दक्षिणी भागमा चुनाव भयो । ८० प्रतिशत संगठित मतदाताहरुले बहिष्कार गरेको उक्त चुनावमा सिंगमन हि्रलाई राष्ट्रपति घोषित गरियो । ३४ वर्षसम्म अमेरिकामा पलायन भईवसेको हि अमेरिकी कठपुतली थियो र विश्व युद्धमा जापानको पराजय पछिमात्र अमेरिकी जनरल डगलस मैक आर्थरद्वारा कोरिया ल्याई घोर दक्षिणपन्थी कम्युनिष्ट विरोधी गुटको नेताका रुपमा स्थापित गरिएको थियो ।
सं.रा.संघले चुनाव पर्यवेक्षण गरेको आधारमा अत्यन्त गाईजात्रे तरिकाले सम्पन्न चुनावबाट आएको एक कठपुतली शासक हिले तत्पश्चात सम्पूर्ण कोरियाको वैधानिक शासक आफू भएको दावा गर्यो ।
अगष्त १९४८ मै अर्को चुनावले ठाउँ लियो । तर यो राष्ट्रव्यापी रुपमा भएको उत्तर कोरियनहरुको दावी छ । उत्तरको आधा भागमा खुला र दक्षिणको आधा भागमा गोप्य रुपमा चुनाव सम्पन्न भएको थियो । जसमा उत्तर तर्फ ९५ प्रतिशत भन्दा बढी र दक्षिणमा ७५ प्रतिशत भन्दा बढी जनताले मतदान गरेको बताइन्छ । सोही सालको सेप्टेम्वर महिनामा प्र.ज.ग. कोरियाको स्थापना भै किम इल सुङ्ग राष्ट्र प्रमुख भए र उनले पनि प्रवल जनमत आफ्नो पक्षमा भएकोले सम्पूर्ण कोरियाको वैधानिक सरकार प्रमुख आफै भएको दावा पेश गरे । यसभन्दा पहिल्यै जापानको आत्म समर्पण लगत्तै सोभियतहरुको सहयोगमा उत्तरी आधा भागको प्रशासनिक प्रमुख हुँदा नै किम इल सुङ्गले सुधारका महत्वपूर्ण पाईलाहरु चालेकोले उनको लोकपृयता दक्षिणमा समेत ब्यापक रहेको प्रमाणको रुपमा तीनलाख भन्दा बढी विदेशिएका कोरियालीहरु दक्षिणमा होइन उत्तरमा बसोबास गर्ने गरी स्वदेश फर्केका थिए भने दक्षिणका २ डिभिजन सेना पुराका पूरा उत्तर संग मिल्न गएको लाई लिन सकिन्छ ।
संसारको कम्युनिष्ट आन्दोलनलाई नियाल्दा यती ठूलो संख्यामा विदेशिएका स्वजनहरु आन्दोलनको सफलता पश्चात कम्युनिष्ट शासित क्षेत्रमा स्वेच्छाले फर्किएको यो मात्र एउटा उदाहरण हो । किम इल सुङ्गले आफू शक्तिमा आउनासाथ जापानी उपनिवेशवादीका समर्थकहरुलाई दण्ड, उनीहरुको सम्पत्तीको जफत, क्रान्तिकारी भूमिसुधार -संभवत संसार मै सबैभन्दा कम समयमा, शान्तिपूर्ण र वैज्ञानिक तवरले) र महिलाहरुलाई समान अधिकार दिने जस्ता कदमहरु समय नगुमाईकन चालेकोले सम्पूर्ण कोरियामा उनी लोकपृय हुन पुगे । मात्र उनमा सं.रा.संघको कृपाको कमी थियो ।
तर, उता दक्षिणको आधा भागमा अमेरिकी सैन्य बलको आधारमा कब्जा जमाएर बसेको सिंगमन हि्रको कठपुतली शासन मुख्यत तीन किसिमका तत्वहरुबाट सञ्चालित थियो । पहिलो जापानी उपनिवेशवादी शासनका समर्थक तथा सहयोगी, दोस्रो उत्तरबाट भागेर आएका कम्युनिष्टहरुलाई घृणा गर्ने प्रतिक्रियावादी तत्व र दक्षिणपंथी अमेरिकी सल्लाहकार जसको नेतृत्व प्रेस्टन गुडफेलोले गरेका थिए । यो कठपुतली शासनसंग कुनैपनि आर्थिक, सामाजिक र राजनैतिक सुधारको कार्यक्रम नै थिएन । थियो भने स्वतन्त्रता, पुनएर्कीकरण र पुननिर्माणको आकांक्षा राख्ने दक्षिणका जनताले चलाएको आन्दोलनलाई कम्युनिष्टको नाममा दमन गर्ने एक सुत्रीय कार्यक्रम । उसको सेना र पुलिसको मुख्य मुख्य ठाउँहरुमा यिनै तत्वहरु भरिएका थिए । जो प्योङ्गयाङ्ग सरकारलाई अपदस्थ गर्न आतुर थिए ।
९ सेप्टेम्वर १९४८ मा प्र.ज.ग. कोरियाको घोषणा पश्चात त्यसैवर्षको अन्तसम्म सोभियत संघले आफ्ना सशस्त्र फौज फिर्ता लग्यो । दक्षिणको कठपुतली शासन यस्तै मौकाको खोजिमा थियो । सन १९४९ को शुरुवातदेखि २५ जुन १९५० सम्मको अवधिमा दक्षिणका कठपुतली सेनाले ३८ समानान्तर रेखा पार गरेर हजारौंपटक उत्तेजनात्मक हमलाहरु गर्दै आईरहेका थिए । यो तथ्यको उजागर प्ःब्न् का प्रमुख जनरल विलियम रोवर्टले आफ्ना साथी अर्का जनरल बोल्टेलाई लेखेको पत्रमा भएको छ । जसमा जनरल रोवर्टले दक्षिणको रक्षामन्त्री शिन सिन्मोको आदेशले अगष्त १९४९ मा मोङ्गगुम्पो भन्ने ठाउँमा उत्तर कोरियाको जलसेनामाथि आक्रमण भएको कुरा दक्षिणी जलसेनाध्यक्ष ली योङ्ग उनले आफूलाई वताएको लेखेका छन् भने गुप्तचर विभाग प्रमुख जनरल चोई डुक शिनले जनरल रोवर्टलाई आफू दर्जनौ पटक ३८ समानान्तर रेखा नाघेर ४-५ माईल भित्रसम्म तोडफोड गरेर फर्केको वताएका थिए । यस्तो उत्तेजनात्मक कामबाट आजित भएर त्यसबाट त्राण पाउनको लागि २५ जुन १९५० मा प्र.ज.ग. कोरियाका जनसेना -प्एब्० ३८ समानान्तर रेखा पार गरी घुसपैठियाहरुलाई दक्षिण तर्फ धकेल्दै जान सफल भयो । दक्षिण तर्फ मार्च गरेको चौथो दिन अर्थात २८ जुनको मध्यान्हमा कोरियाली जनसेनाले दक्षिणको राजधानी सिउल गब्जा गर्यो ।
यो भन्दा अगाडि नै १२ जनवरी १९५० मै अमेरिकी विदेश मन्त्री डिन एकेशनले कोरिया, अमेरिकाको सुरक्षा घेरा भित्र नपर्ने भएकोले कोरियाको सुरक्षाको जिम्मा सं.रा.संघ भएको भनेर अमेरिका सं.रा.संघको आवरणमा युद्धमा जाने मनसाय प्रकट गरिसकेका थिए । त्यसैले २५ जुनकै दिन अमेरिकाको सक्रियतामा सं.रा.संघमा सुरक्षा परिषदको बैठक डाकियो । प्रस्तावको रुपमा ३८ समानान्तर रेखाबाट हटेर जान उत्तर कोरियालाई भनियो । नमानेको खण्डमा संभावित परिणामको लागि तयार रहन धम्कीको भाषा प्रयोग गरियो । प्रस्ताव माथि मतदान हुने मिति २७ जुनको लागि तोकियो । जुन दिन उत्तर कोरियाली जनसेनाले ३८ समानान्तर रेखा पार गर्यो उसै दिन अमेरिकाको तर्फबाट सुरक्षा परिषदमा प्रस्ताव आउनु, प्रस्ताव उपर प्रयाप्त छलफल नै नगरी २७ जुनकै लागि मतदानको दिन तोकिनु र जसको विरुद्ध प्रस्ताव ल्याइयो उसैलाई सफाइको अवसर नै नदिनुबाट के प्रष्ट हुन्छ भने अमेरिका कुनैपनि निहुँमा उत्तरी आधा भाग माथि चढाई गर्न आतुर थियो र उसलाई वैधानिक जामाको मात्र जरुरत थियो ।
सं.रा.संघको सुरक्षा परिषदमा ताईवानको स्थान जनवादी गणतन्त्र चीनले पाउनुपर्ने र मंगोलियालाई संघको सदस्यता दिनु पर्ने माग राखी सोभियत संघले सं.रा.संघका हरेक काम कार्वाहीबाट आफूलाई बाहिर राखेको मौका छोपी गरिएको मतदानबाट परिणाम अमेरिकाको पक्षमा नआउने त कल्पनै गर्न सकिदैनथ्यो त्यतिखेर । सोभियत संघको अनुपस्थितिमा उक्त प्रस्ताव सजिलै पास भयो । युगोस्लाभिया -तत्कालीन समयमा सुरक्षा परिषदको अस्थायी सदस्य) ले भने मतदानमा भाग लिएन ।
यसरी दोस्रो विश्वयुद्ध पश्चात संसारमा स्थायी शान्ति ल्याउनको लागि स्थापना गरिएको यो विश्व संस्थाले आफ्नो स्थापना भएको पाँच वर्ष पनि पुरा नहुँदै संसारको एक पुरानो र धनी संस्कृति तथा कला भएको देश कोरिया माथि साम्राज्यवादी आक्रमणकारी शक्तिहरुलाई आफ्नो आवरणमा युद्ध थोपर्न सहयोग पुर्यायो । यसको लागि जापान स्थित अमेरिकी एशिया प्यासिफिक कमाण्डका सुपि्रम कमाण्डर जनरल डगलस मैक आर्थरलाई राष्ट्र संघीय सेनाको पनि कमाण्डर इन चिफ तोकियो । उनको मातहतमा पाँचै महादेशका सोह्र देशका सेनाहरुले उत्तर कोरियाली जनसेना विरुद्ध जाइलागे ।
एशियाबाट दक्षिण कोरियाली कठपुतली सेनाका अलावा थाइल्याण्ड र फिलिपिन्स यस युद्धमा राष्ट्र संघको तर्फबाट लडेका थिए । युद्धको दौरान दक्षिणको राजधानी सिउल २ पटक -१ पटक चिनियाँ स्वयंसेवकहरुको सहयोगले ४ जनवरी १९५१ मा) जनसेनाले कब्जा गरे । अक्टोवर १९५० मा आक्रमणकारी गठबन्धन सेनाले यालु नदी पार गरी चिनियाँ क्षेत्रमा प्रवेश गरे पछि जनरल पेङ्ग ते हुईको नेतृत्वमा चिनियाँ स्वयंसेवकहरुले कोरियाली जनसेनालाई साथ दिदै आक्रमणकारीहरुलाई लघार्दै ३८ समानान्तर रेखा पारी धपाए ।
लडाईमा उत्तरको कूल जनसंख्याको एक चौथाई मानिसहरु मारिएका थिए । सम्पूर्ण कलकारखानाहरु सिंचाईका बाँधहरु, विजुली घरहरु, पुल, सडक र हवाई अड्डाहरु राष्ट्र संघीय सेनाबाट नष्ट गरिएका थिए । दोस्रो विश्व युद्धमा युरोपभरी दुवै पक्षबाट गरिएको बम वषर्ा भन्दा बढी परिमाणमा उत्तर कोरियामा बम वषर्ा गरियो । रासायनिक र जैविक हतियारको प्रयोग समेत राष्ट्र संघीय सेनाबाट भयो । यसको लागि अमेरिकीहरुले नाजि जनरल वाल्टर श्राइबर र जापानी जनरल ईसीको समेत सहयोग लिन चुकेनन् । अझ जनरल म्याक आर्थर त ३० देखि ३५ वटा सम्म परमाणु बम प्रयोग गरी उत्तर कोरिया, पूर्वी सोभियत संघ र पुरा मन्चुरियालाई नष्ट गर्न चाहन्थे भनी १९५४ मा एउटा अन्तरवार्तामा आफैले स्वीकारेका छन् । तर उनको यो योजना भने तत्कालिन राष्ट्रपति हैरी ट्रुम्यानको हस्तक्षेपले गर्दा लागु हुन सकेन । उनी फिर्ता वोलाइए र जनरल म्याथ्यु रिज्वेले उनको ठाउँ लिए । त्यस्तै गरी पक्राउ परेका युद्धवन्दीहरुलाई अत्यन्त यातना दिइयो । कैयौलाई मारियो । बाँकीलाई चीन र उत्तर कोरिया र्फकन नदिइ प्रोपोगाण्डा वार शुरु गरियो । अन्तमा उही पुरानो ३८ समानान्तर रेखालाई आधार मानि जुलाई २७, १९५३ मा युद्ध विराम भयो ।
यसरी शदियौं देखिको सामन्ती राजतन्त्रात्मक शासन त्यसपछि १९१० देखि १९४५ सम्मको कठोर जापानी उपनिवेशवादी शासन भोगेका कोरियाली जनताले विदेशी खटन अन्तरगत नरही स्वतन्त्रतापूर्वक न्यापूर्ण र समतामूलक समाजको निर्माण गर्न राखेको इच्छालाई संयुक्त राष्ट्र संघ (जो कोरियाली जनताको उक्त चाहनाको सहयोगी हुनुपथ्र्यो) कै कारणले आजका दिनसम्म दबाएर नै राख्नुपरेको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.