यो वर्ष बिदेसिने को संख्या ४ लाख !

२९ चैत, काठमाण्डौं । चालू आर्थिक बर्षमा छिमेकी मुलुक भारतबाहेक कामको अवसर खोज्दै बिदेसिने नेपालीको संख्या ४ लाख नाघ्ने भएको छ । यो संख्या बर्सेनी नयाँ श्रम बजारमा प्रवेश गर्ने श्रमिकको संख्या बराबर हो । वैदेशिक रोजगार विभागका अनुसार खाडी मुलुक र मलेसियाबाट माग आउने क्रम बढेकाले बिदेसिने पनि त्यही अनुपातमा बढ्नेछन् ।
‘चालु आवका आठ महिनामा मलेसिया र खाडी मुलुकमा २ लाख ७६ हजार ८ सय युवा विदेश गएका छन्,’ विभागका निर्देशक दिवस आचार्यले भने, ‘मासिक ३० देखि ४० हजारसम्म कामदार विदेश गइरहेका छन् । यही दरमा बाहिर जाने हो भने यो बर्ष ४ लाखभन्दा बढी हुन्छ ।’ यसरी जाने अधिकांश युवा अदक्ष भएकाले न्यून पारिश्रमिकमै काम गर्ने उनले बताए, कारोबार दैनिकमा खबर छ ।
घर बिदा आई र्फककेकालाई पनि जोड्ने हो भने ६ लाखभन्दा बढी पुग्ने विभागको अनुमान छ । गत आवमा ३ लाख ८४ हजार र ०६७/६८ मा ३ लाख ५४ हजार युवा बिदेसिएका थिए । आचार्यका अनुसार विदेशबाट माग आउने र रोजगारीका लागि जाने क्रममा कुनै कमी आएको छैन ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.