अस्पताल बन्द गराए देउवा दम्पत्तिले

१८ वैशाख, काठमाण्डौं । गरिब जनताका लागि सुलभ स्वास्थ्य सेवा दिनका लागि पाँच बर्षअगाडि मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) द्धारा स्थापित डडेल्धुराको टिम अस्पताल बन्द गर्न शेरबहादुर देउवा र उनकी श्रीमती आरजु देउवा सफल भएका छन् ।
sherbahadur deuba
यिनीहरुकै तीब्र दबाबका कारण अस्पताल सञ्चालनका लागि एचडीसीएसको नवीकरण हुन त दिएनन् नै, अस्पताल फर्किदा छापामार शैलीमा अपमान गर्ने समेत उनीहरुले प्रयास गरेको कर्मचारीहरुले बताएका छन् ।
बुधबार साप्ताहिकमा प्रकाशित समाचार अनुसार पछिल्लो सयममा अस्पतालले म्याद सकिन लागेको औषधि वितरकलाई फर्काउन राजधानी ल्याउँदै गर्दा धनगढीमा रोकिएदिएको छ । अस्पतालको समान लैजान थालिएको आरोप लगाउँदै आरजुको निर्दैशनमा एक ट्रक म्याद सकिन तीन महिना बाँकी रहेको औषधि राजधानी ल्याउन अवरोध गरिएको हो । थापाथलीको मेडिकल सप्लाई म्यानेजमेन्ट ट्रस्ट नेपाल र त्रिपुरेश्वरको विकास सर्जिकल कन्सर्नबाट खरिद गरिएको औषधिलाई रोकिएको हो । म्याद सकिनु तीन महिना अघि नै ती औषधि वितरक कम्पनीलाई नबुझाए त्यसको सम्पूर्ण घाटा अस्पतालले बेहोर्नुपर्छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.