बाल खेलौनामा घातक रसायन !
१५ वैशाख, काठमाण्डौं । बालबालिकालाई खुसी बनाउन विभिन्न प्रकारका रंगीचंगी खेलौना किनिदिनुहुन्छ भने होसियार हुनुपर्ने बेला आएको छ । मनमोहक देखिने खेलौना घातक पनि हुन सक्छन् । यस्ता खेलौना विषाक्त मात्र होइनन विभिन्न प्रकारका रोग निम्त्याउने माध्यम पनि भएको एक अनुसन्धानले देखाएको छ । अमेरिका, भारत, फिलिपिन्स र चीनमा कार्यरत ग्रिनपिस इन्टरनेसनल तथा स्विडेन र अमेरिकामा कार्यरत इन्टरनेसनल पप्स इलिमिनेसन नेटवर्क नामक दुई सस्थाले हाले गरेको अध्ययन नतिजाअनुसार खेलौनामा बालबालिकाको स्वास्थ्यका लागि अत्यन्त खतरनाक मानिने धातु र रसायनको मात्रा भेटिएका छन् । यी संस्थाले बजारमा पाइने प्लास्टिक, काठ, रबर र टिनबाट निर्मित गुडिया, सिसाकलम, बल, गाडी, रिङलगायत पाँचसय प्रकारका खेलौनाका नमुना संकलन गरेर अनुसन्धान गरेको अन्नपूर्ण पोष्टमा खबर छ । सो अध्ययनका क्रममा ७५ प्रतिशत भन्दा बढी नमुनामा अत्यन्त खतरनाक मानिने धातु सिसा (लिड), कर्मरी, क्याडमियन, आर्सेनिक, बारोन, एन्टिमनीलगायतका रसायनको मात्रा पाइएको थियो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses