समाचार
»
जग्गेबाटै चोरियो लगनगाँठो
जग्गेबाटै चोरियो लगनगाँठो
१५ वैशाख, काठमाण्डौं । विवाहमण्डपमा हर्षोल्लास छ । छेउमा बाजाको तालमा नाच चलिरहेको छ । जन्ती लोकन्ती आ आफ्ना झुन्डमा गफिँदै बिहे नियाल्दैछन् । दुलाहा दुलहीलाई छेड हान्दै मण्डपको माहोल तलाउनेको कमी छैन । सबै आ आफ्नै सुरमा छन् । मण्डपमा एउटा अपरिचित (जसलाई लोकन्तीले जन्ती, जन्तीले लोकन्ती र कसैकसैले पुरोहितका सहयोगी ठानिरहेका छन् ) को सक्रियता हेर्न लायक छ । अग्लो ख्याउटे अनुहार, क्याप लगाएको दुबै पक्षलाई सहयोग गरिरहेको छ । यसो गर्नुस्, यसो गर्नुस् भनेर खटनपटनसमेत गर्दैछ । यतिकैमा खाने समय भयो, सबै भोदभत्तेर खान खुवाउन व्यस्त भए । - - खानपिनपछि बाँकी विवाह प्रक्रिया सुरु भयो । दुलाहा दुलहीले लगनगाँठो समातेर जग्गे परिक्रमा गर्ने बेला भयो । पुरोहितले विवाह सम्बन्ध दिगो बनाउन राम्ररी कसिएको लगनगाँठो समातोर जग्गे परिक्रमा गर्न दुलाहा दुलहीलाई अह्राए । लौ बर्वाद ! अघिसम्म जग्गेमै रहेको लगनगाँठो त्यहाँ देखिएन कसले, कहाँ लग्यो ? हल्लीखल्ली भयो, तर भेटिएन । अचम्म त अघि लगनगाँठो कस्न सघाउने ती अनौठा व्यक्ति पनि त्यहाँ देखिएनन् । लगनगाँठो त उनैले टप्काएर भागेछन् । प्रहरी बोलाइयो । केहीबेरमै प्रहरी आएर निरीक्षण गरे । लगनगाँठो चोरिको ती अनौठा व्यक्ति कसैको निम्तालु वा सहयोगी नभएको चोर नै भएको खूल्यो । पण्डितले नयाँ लगनगाँठो कस्न लगाएर विवाह सम्पन्न गरे । चलचित्रको दृश्यझै यो घटना सामाखुसीस्थित एबी पार्टी प्यालेसमा शुक्रबार भएको विवाहको हो । प्रहरीलाई खबर गर्नै र आफन्तले समेत वरपर खोजी गरे पनि चाृेर भेटिएन । विवाहमण्डपमा फोटो र भिडियो खिज्नेहरुले पनि उनलाई नजिकको मान्छे ठानेर ती व्यक्तिलाई फोकस गरेको बताए । हराएको लगनगाँठो चोर त्यही भिडियो हेरेर पहिचान भयो । पत्यक्षदर्शीका अनुसार ती व्यक्तिले कम्तीमा एक डेढ घण्टा विवाहमण्डपमा सघाउँदा पनि दुवै पक्षका आफन्तले पत्तो पाएनन् । आफन्तका अनुसार ती व्यक्तिले जग्गेका विभिन्न ठाउँमा कति पैसा राख्ने भन्नेसमेत बारम्बार सल्लाहदिए । उनले सुरुमै दुलहीकी आमालाई ‘विदेश बस्ने ज्वाई, इज्जत सवाल हो’ भन्दै लगनगाँठोमा कम्तीमा १४-१५ हजार राख्न सुझाव दिएका थिए । दुलही पक्षका अनुसार लगनगाँठोमा १४ हजार राखिएको थियो । लगनगाँठोमा दुलाहा पक्षले कम्तीमा दुलही पक्षले राखेजति रकम राख्नै पर्छ । दुवै पक्षलाई पैसा राख्न लगाएपछि ती व्यक्तिले दुलाहा र दुलहीलाई लगनगाँठो कस्न लगाएका थिए । त्यसपछि उनले अरु खाना खान गएको मौका छोपी ट्याक्सी चढेर भागेको स्थानीयलाई उदृत गर्दै नागरिक दैनिकले खबर छापेको छ । यता प्रहरीले भने लिखित उजुरी नआएको बताएको छ । भिडियोसहित लिखित उजुरी आए तत्काल खोज्न सकिने सामाखुसीस्थित तिलिङटार प्रहरी प्रभागका सइ आदित्य सिंहले बताए ।
क्यामेरामा देखिएको उक्त चोरको भिडियो हेर्न तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses