समाचार
»
नेकपा-माओवादीका नेताले गृहमन्त्रीलाई भने-’हतियार दाहालसँग माग्नुस्’
नेकपा-माओवादीका नेताले गृहमन्त्रीलाई भने-’हतियार दाहालसँग माग्नुस्’
१६ वैशाख, काठमाण्डौं । नेकपा-माओवादीले सशस्त्र द्वन्द्वकालका कुनै पनि हतियार आफूसँग नभएको जानकारी सरकारलाई गराएको छ । माओेवादीका नेताले गृहमन्त्री माधवप्रसाद घिमिरे र सञ्चारमन्त्री माधव पौडेललाई ‘युद्धकाल’ का हतियार आफ्नो दलसँग नखोज्न र एकीकृत माओवादीकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बुझ्न भनेका छन् । गृहमन्त्री घिमिरे र सञ्चारमन्त्री पौडेलले शनिबार साँझ माओवादी नेता देव गुरुङ र प्रवक्ता पम्फा भुसालसँग राजधानीमा गोप्य स्थानमा भेटवार्ता गरेका थिए । भेटमा मन्त्रीहरुले नेताको सुरक्षाका लागि विस्तृत शान्तिसम्झौता बमोजिम उपलब्ध गराईएका हतियार फिर्ता गर्न आग्रह गरेका थिए । जवाफमा नेता गुरुङले युद्धकालका कुनै पनि हतियार आफूहरुसँग नभएको बताएका थिए । उनले त्यसबेला पार्टी अध्यक्ष दाहालले खटाएर दिएका लडाकू र हतियारबारे सबैभन्दा जानकार दाहाल नै हुनुपर्ने तर्क गरेका थिए । प्रवक्ता पम्फा भुसालले भनिन् ‘हतियारबारे निर्णय गर्ने पार्टी सैन्य विभाग प्रमुख प्रचण्ड, डेपुटी कमान्डर उतै छन भने हामीसँग कसरी हुन्छ हतियार ? उनले हतियार बोक्ने काम जनसेनाले गरेको र उनीहरुले सबै हतियार बुझाएर मात्र तलब सुविधा लिएका कारण आफूहरुसँग त्यस्ता हतियार नभएको दाबी गरेको अन्नपूर्ण पोष्टमा खबर छ । उच्च सरकारी स्रोतका अनुसार एमाओवादीले भने हाल नेकपा-माओवादीमा रहेका तत्कालीन स्थायी समिति र केही पोलिटव्युरो सदस्यलाई रेकर्डमै राखेर सुरक्षाका लागि हतियार दिएको जानकारी सरकारलाई गराएको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses