महिलासँग सन्नीको चुम्बन

भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :
Sunny-Leone-Hot-(11)मुम्बई : पोर्न स्टार सन्नी लियोन चलचित्र ‘जिस्म–२’ मार्फत बलिउड चलचित्र अभिनयमा प्रवेश गरेकी हुन् । यस चलचित्र अभिनयको सुरुदेखि प्रदर्शन भइसक्दा समेत सन्नीको चर्चाले चलचित्र उद्योग तताइरह्यो । बलिउडमा प्रवेशपूर्व विभिन्न हट फोटो सुटका कारण पनि उनी चर्चामा रहँदै आएकी थिइन् । अभिनयको सिलसिलामा जिस्म–२ मा दिएको नायकसँगको हट दृश्यले उनी बलिउड चलचित्र क्षेत्रमा छोटै समयमा पनि दर्बिलो रूपमा स्थापित हुन समेत पुगिन् । यस चलचित्रमा सन्नीले नायक रणदीप होडासँग उत्तेजक बेडसिन र किस सिनको दृश्य दिएकी थिइन् । यो दृश्यले दर्शकका मानसपटलमा निकै गहिरो छाप छोड्न सफल भयो । पुरुषसँगको किस सिनका कारणले निकै चर्चा तथा आलोचना खेपेकी सन्नी अहिले फेरि किस सिनकै कारणले चर्चामा आएकी छन् । यसपटकको उनको चर्चा बनेको छ, महिलासँगको किस सिन, जुन उनले चलचित्र ‘रागिनी एमएमएस–२’ मा दिएकी हुन् । यसमा उनले अभिनेत्री सन्ध्या मृदुलसँग जोडदार चुम्बनको दृश्य दिएकी छन् । सन्ध्यासँग चुम्बन गर्दा आफूले निकै रोमान्टिक फिल गरेको समेत उनले बताउँदै आएकी छन् ।
चलचित्रमा सन्नी र सन्ध्या समलिंगी भूमिकामा देखिँदै छन् । यो सिनेमामा पहिलोपटक सन्नीले आफ्नै आवाजमा डबिङसमेत गर्ने बताइएको छ । चलचित्रमा सन्नी र सन्ध्याको लामो समयसम्मको चुम्बनका दृश्य रहेका छन् । सन्नीको पूरै शरीरमा सन्ध्याले कामुक तवरले चुम्बन गरेकी छन् । यही चुम्बनकै कारणले पनि यो चलचित्र अहिले बलिउडमा चर्चामा छ । (एजेन्सी)
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :

0 comments

Write Down Your Responses

Powered by Blogger.